नेपाल हेल्थ न्युज, चितवन। चितवनको भरतपुरमा हुन लागेको ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ को लागि सवै स्टल बुकिङ भएका छन् ।

नेपाल औषधी उत्पादक संघले नेपाली औषधीको प्रवद्र्धन र अन्तर्राष्ट्रिय बजारमा चिनाउन आयोजना गरेको नेपाल फर्मा एक्स्पोमा सबै स्टल बुकिङ भएको संघका उपाध्यक्ष तथा एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक्स्पोका लागि १५० वटा स्टल बुकिङ भइसकेका छन् ।
‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक ’भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा यहि फागुन २५ देखि २७ गतेसम्म हुने फर्मा एक्स्पो हुँदै छ ।
उपाध्यक्ष बरालले अहिलेसम्म नेपाली उद्योगका २० वटा, औषधिको कच्चा पदार्थ उत्पादन तथा विक्रि विवरण कम्पनी ५० वटा, औषधि उत्पादनमा प्रयोग हुने मेसिन र प्रयोगशालाका स्टल, औषधि उद्योगको अध्ययन तथा अनुसन्धानका लागि चाहिने मेसिन तथा प्रयोगशाला (ल्याब)का स्टल रहेको बताउनुभयो ।
यस्तै औषधि उद्योग बनाउनका लागि चाहिने जिएमपी स्टाण्डर्सका ढोका, बाल, भुई (फ्लोर_, सिलिङ, बिजुली पानी हावासंग सम्बन्धित स्टल पनि बुकिङ भएका छन् ।
एक्स्पोमा नयाँ औषधि उद्योग बनाउनका लागि चाहिने सवै भवन, मेसिन, प्रयोगशाला, कच्चा पदार्थ लगायतका सवै स्टल राखिने उहाँले जानकारी दिनुभयो ।
उहाँले अहिले स्टलको डिजाइनको काम भइरहेको बताउनुभयो । एक्स्पोको लागि विदेशबाट ल्याउन थालिएको प्रयोगशाला र मेसिन पनि एक्स्पो स्थलमा आउन थालेका छन् ।
प्रत्येक दुईरदुई बर्षमा हुने एक्स्पोमा यसबर्ष ३० हजार भन्दा बढी मानिसले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

