
नेपाल हेल्थ न्युज, डोटी । डोटीको केआईसिंह गाउँपालिकाले स्थायी बन्ध्याकरण गर्नेलाई प्रोत्साहन स्वरुप विभिन्न सुविधा उपलब्ध गराउने भएको छ ।
स्थायी बन्ध्याकरण गर्नेलाई प्रोत्साहनको रुपमा निःशुल्क खाना, न्यानो लुगा तथा एम्बुलेन्स सेवा उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।
दुर्गामाण्डौ स्वास्थ्य चौकीमा सम्पन्न परिवार नियोजन सम्बन्धी शिविरमा १८ जनाले स्थायी बन्ध्याकरण गरेका थिए ।
स्वास्थ्य कार्यालयको आयोजना तथा नेपाल परिवार नियोजन संघ कैलालीको सहकार्य तथा केआईसिंह गाउँपालिकाको समन्वयमा आइतबारदेखि जिल्लाका विभिन्न स्थानमा परिवार नियोजन सम्बन्धी विभिन्न स्थायी बन्ध्याकरणको शिविर सञ्चालन गरिएको थियो ।
केआईसिंह गाउँपालिकामा सम्पन्न बन्ध्याकरण शिविरमा ७ जनाले मिनिल्याप, ३ जनाले भ्यासेक्टोमी, ४ जनाले आईयूसीडी तथा ४ जनाले ईम्प्लान्ट लगाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो ।
आइतबार बोगटान फूडसिल गाउँपालिकाको चवरा चौतारा स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा ६ जना महिला र ६ जना पुरुष गरी १२ जनाले सेवा लिएको प्रमुख मलासीले बताउनुभयो ।
अशिक्षा र जनचेतनाको अभावले स्थायी बन्ध्याकरण गर्नेको संख्या न्यून रहेकाले गाउँपालिकाकाले प्रोत्साहनका लागि यातायात, खाना र न्यानो लुगाको प्रबन्ध गरेको स्वास्थ्य शाखा प्रमुख नवीन माझीले बताउनुभयो ।
बन्ध्याकरण गर्नेलाई दुई छाक खाना तथा खाजा र न्यानो लुगाको रुपमा कम्बल हस्तान्तरण गर्नुका साथै बन्ध्याकरण गरेकालाई घरसम्मै पालिकाको एम्बुलेन्समा पुर्याइएको उहाँले जानकारी दिनुभयो ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
