
नेपाल हेल्थ न्युज, काठमाडौँ । पेट तथा आन्द्राको रोगसम्बन्धी विशेषज्ञ चिकित्सकको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौमा सुरु भएको छ ।
सम्मेलनमा नेपालसहित भारत, श्रीलङ्का, थाइल्याण्ड, जापान, संयुक्तराज्य अमेरिकालगायत देशका करिब एक सय २५ चिकित्सक सहभागी छन् ।
सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजी सङ्घ नेपालका अध्यक्ष एवम् सम्मेलन आयोजक समितिका संयोजक प्रा.डा. मुकुन्दराज जोशीले सम्मेलनमा पेट तथा आन्द्रासम्बन्धी रोगका विषयमा प्राप्त नवीन ज्ञान, अनुभव र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा कार्यपत्र प्रस्तुत हुने जानकारी दिनुभयो ।
उहाँले वंशाणुगतसहित खानपान र वातावरण परिवर्तनका कारण पेटसम्बन्धी रोगको समस्या देखिने गरेको जानकारी दिँदै खानामा लापरवाही र सन्तुलित आहारका कारण अन्य रोगका तुलनामा पेटसम्बन्धी रोगबाट अत्यधिक मानिस प्रभावित हुने गरेको जानकारी दिनुभयो ।
सम्मेलनमा पेट तथा आन्द्रा रोगको पहिचानसम्बन्धी विशिष्टीकृत उपकरण र प्रविधि, शल्यक्रिया विधि, उपचार पद्धतिलगायतका विषयमा विस्तृत छलफल हुने प्रा.डा. महेश खकुरेलले बताउनुभयो ।
विदेशकासमेत गरी करिब एक सय चिकित्सकले एकल एवम् संयुक्तरुपमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको सम्मेलन भोलिसम्म चल्नेछ । रासस
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

