नेपाल हेल्थ न्युज, काठमाडौँ । नेकपा (एमाले) का सांसद सुनिता बरालले मानसिक समस्याका कारण समाजमा आपराधिक घट्ना घटेको भन्दै सरकारको ध्यानाकार्षण गराउनुभएको छ ।

आज (आइतबार) प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै सांसद बरालले मानसिक रोग नियन्त्रणका लागि विभिन्न रणनीतिक योजना बनाएर काम गर्न आवश्यक भएपनि सरकारले त्यसो गर्न नसकेको गुनासो पोख्नुभयो ।
आत्महत्याको समस्या पछिल्लो समय झनै बढेको भन्दै बरालले मानसिक समस्याको कारण र निराकरणको उपाय खोज्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो–‘केही दनिअघि ललतिपुरमा एक महिलाले आफ्ना दुई बच्चाको हत्यागरी आत्महत्या गरिन् । त्यस्तै काठमाडौंमा तीन जनाको हत्या गरी एक पुरुषले आत्महत्या गरे ।’ उहाँले थप्नुभयो–‘आत्महत्याको दर असाध्यै अत्यासलाग्दो तरिकाले बढिरहेको छ । डिप्रेसनका कारण बढेका अपराध र अपराधिक अवस्था डरलाग्दो अवस्था छ । यसतर्फ सरकारको ध्यान जान आवश्यक छ ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

