नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले चार वटा अस्पतालको फोहोर सङ्कलनमा रोक लगाएको छ ।

विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अनुगमनका क्रममा आइतबार चार वटा अस्पतालको फोहोर सङ्कलनमा रोक लगाइएको हो ।
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कलंकीको सहिद मेमोरियल अस्पताल, नेपाल नेशनल अस्पताल, चावहिलस्थित दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहोर सङ्कलनमा रोक लगाइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सहिद मेमोरियल अस्पताल र नेपाल नेशनल अस्पताल गत शुक्रबार र चावहिल क्षेत्रका अस्पतालको आइतबार आज अनुगमन गरिएको थियो ।
यसरी फोहोर रोक लगाइएका अस्पतालहरुलाई सङ्क्रमित फोहोर निसङ्क्रमण गर्ने योजना, अस्पताल दर्ता तथा सञ्चालन गर्ने क्रममा फोहोरमैला व्यवस्थापनका लागि गरिएका प्रतिवद्धतासँग सम्बन्धित कागजपत्र, अहिले फोहोर व्यवस्थापनका लागि सहकार्य गरिएका संघसंस्थाहरुको विवरण लिएर तीन दिनभित्र महानगरपालिकाको वातावरण व्यवस्थापन विभागमा उपस्थित हुन आग्रह गरीएको मानन्धरको भनाई छ ।
महानगरपालिकाले यस अघि महाराजगञ्जमा रहेको कान्ति बाल अस्पतालको फोहोर सङ्कलनमा रोक लगाइसकेको छ । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
