
नेपाल हेल्थ न्युज, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको परासीस्थित जिल्ला पृथ्वी चन्द्र अस्पतालमा पहिलो पटक महिलाको पाठेघरको सफल शल्यक्रिया गरिएको छ।
जिल्ला अस्पतालबाटै पाठेघरको शल्यक्रिया (अप्रेसन) सेवासमेत सञ्चालन भएको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. अनन्त शर्माले जानकारी दिनुभयो ।
केही दिनअघि ४० वर्षीया सुभावतीदेवी थारूको शल्यक्रिया गरी पाठेघर झिकिएको अस्पतालले जनाएको छ। पहिलो पटक अस्पतालका चिकित्सकको टोलीले पाठेघरको सफल शल्यक्रिया गरेको बताइएको छ।
विगत वर्षमा बिरामी रिफर सेन्टर र पोष्टमार्टम गृहको रूपमा चिनिँदै आएको जिल्लाको पृथ्वी चन्द्र अस्पतालले पछिल्लो पटक थप गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।
५० शय्याको जिल्ला अस्पतालमा पर्याप्त जनशक्तिको अभावमा पनि सेवा दिँदै आएको अस्पतालले जनाएको छ। रासस
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

