जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. सतिश कुमार देव नियुक्त भएका छन् ।

मन्त्रीपरिषदको सोमबारको बैठकले डा सतिश कुमार देवलाई काउन्सिलको रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
मन्त्रालयको सिफारिसमा काउन्सिलको रजिष्ट्रार मन्त्रिपरिषद्ले नियुक्त गर्ने व्यवस्था छ । फागुन ८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई महिनादेखि खाली रहेको काउन्सिलको रजिष्टारमा डा. देवलाई सिफारिस गरेको थियो । पूर्व काउन्सिलका सदस्यसमेत रहेका डा. देव यसअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा शिक्षाध्यक्ष हुनुहुन्थ्यो । उहाँ त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम०मा फर्माक्लोजीका सह—प्राध्यापकसमेत हुनुहुन्छ । यसअघि काउन्सिलको रजिष्ट्रारमा डा.कृष्ण अधिकारी थिए।
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

