
नेपाल हेल्थ न्युज, काठमाडौँ । केन्द्रीय कारागारका कैदीबन्दीलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिएको छ । कारागार व्यवस्थापन विभागले कारागारभित्र रहेका कैदीबन्दीको स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले फागुनदेखि लागू हुने गरी स्वास्थ्य बीमा लागू गरिएको हो । केन्द्रीय कारागार कार्यालयका स्वास्थ्य कार्यक्रम प्रमुख कल्पना ज्ञवालीले केन्द्रीय कारागारमा एक वर्षभन्दा बढी कैद भुक्तान गरेका कैदीबन्दीलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको जानकारी दिनुभयो।
विभागले एकजना कैदीबन्दीको लागि रु तीन हजार ५०० उपलब्ध गराएर स्वास्थ्य बीमा गरिदिएको हो । कैद भुक्तान गरेर कारागार बाहिर निस्किएपछि उक्त बीमा स्वतः खारेज हुने उहाँको भनाइ छ । कारागार प्रशासक ललित बस्नेतले कैदीबन्दीको स्वास्थ्यका लागि सहयोग पुग्ने उद्देश्यले कैदीबन्दीका लागि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको बताउनुभयो । उक्त कार्यक्रम सञ्चालन भएसँगै अब कैदीबन्दीले रु एक लाख बराबरको उपचार बीमाबाट गर्न पाउने उहाँको भनाइ थियो ।
यसबाहेक सरकारले केन्द्रीय कारागार अस्पतालमार्फत कैदीबन्दीको उपचार गर्दै आएको छ । तीस श्ययाको केन्द्रीय कारागार अस्पतालमा उपचारका लागि सम्भव नभएका रोगका बिरामीलाई विभिन्न २५ अस्पतालसँग सम्झौता गरेर कैदीबन्दीको उपचार गर्दै आइरहेको कारागार प्रशासक बस्नेतले बताउनुभयो ।
कारागार अस्पतालले हाल ओपिडी, ल्याब, एक्सरे, इसिजी, अल्ट्रासाउन्ड, डेन्टल, मनोरोग, छालारोग र आँखा रोगलगायतका रोगको उपचार गर्दै आएको छ । सो अस्पतालले बेलाबेलामा कैदीबन्दीका लागि स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै कैदीबन्दीलाई खानपान, जीवनयापन, रहनसहनलगायतका कुरासमेत सिकाउँदै आइरहेको छ ।
केन्द्रीय कारागार र त्यस मातहत हाल तीन हजार ७२१ कैदीबन्दी रहेका छन् । जसअन्तर्गत केन्द्र जेलमा एक हजार ८७३, भद्र जेलमा एक हजार १६७, महिला जेलमा ४५३, बाल सुधार गृह भक्तपुरमा २२८ र ११ नाबालक छन् । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
