
नेपाल हेल्थ न्युज, म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा घरमै सुत्केरी हुने महिलाको सङ्ख्या शून्यमा झरेको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलालाई सुत्केरीपछि पनि विभिन्न स्वास्थ्य समस्याले सताइरहने हुनाले घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यमा झारिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
जोखिमयुक्त प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन ‘होम डेलीभरी’ शून्य बनाइएको शाखाका प्रमुख चन्दन सुवेदीले बताउनुभयो । “बेनी नगरपालिकामा सबै गर्भवतीले पछिल्लो दुई वर्षयता स्वास्थ्य संस्थामा पुगेर दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिइरहेका छन्”, उहाँले भन्नुभयो “होम डेलिभरी शून्य पालिकालाई कायम राख्नका लागि सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएका छौँ ।”
नगरपालिकामा आर्थिक वर्ष २०७८–७९ मा आठ सय ४७, २०७९–८० मा छ सय ७७ र चालु आवको हालसम्म दुई सय ३५ जनाले सुरक्षित प्रसूति सेवा लिएका स्वास्थ्य शाखा प्रमुख सुवेदीले जानकारी दिनुुभयो। उहाँका अनुसार आव २०७८–७९ देखि नगरपालिकामा घरमा सुत्केरी हुने आमाको सङ्ख्या शून्य छ ।
दशवटा वडा रहेको बेनीमा जिल्लास्तरको अस्पताल, ज्यामरुककोट, भकिम्ली, सिङ्गा, पुलाचौर र पात्लेखेतको स्वास्थ्य चौकीमा सुरक्षित प्रसूति सेवा उपलब्ध छ । अधिकांश वडाका गर्भवती सुत्केरी हुनका लागि बेनी अस्पतालमा आउने गरेका छन् ।
आठपटक गर्भजाँच गर्ने तथा स्वास्थ्यचौकीमै सुत्केरी हुनेलाई प्रोत्साहन गर्ने राज्यको नीति र सचेतनामूलक अभियानका कारण होम डेलिभरी शून्य भएको नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । “गर्भावस्था र सुत्केरी अवस्थाका सम्भावित जोखिमको विषयमा धेरै सचेतनाका कार्यक्रम सञ्चालन भएका छन्”, उहाँले भन्नुभयो “सरकारी र गैरसरकारी संस्थाबाट भएका प्रयास प्रभावकारी बनेका छन् ।” रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
