
नेपाल हेल्थ न्युज काठमाडौं । ‘सोचाइमा परिवर्तनः कान र सुनाइ क्षमताको हेरचाह सबैका लागि सर्वसुलभ बनाऔं’ भन्ने मुल नाराका साथ नेपालमा पनि विश्व श्रवण दिवस मनाइँदै छ ।
विश्व स्वास्थ्य संगठनको आव्हानमा हरेक वर्ष मार्च ३ तारेखमा विश्वव्यापी रुपमा यो दिवस मनाउने गरिएको छ । सोसाइटी अफ ओटोल्यारिङ्गोलोजिष्ट अफ नेपालले आज राजधानीमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी यो दिवस मनाएको छ ।
सोसाइटीले सरकारी स्तरबाट देशव्यापी रुपमा बहिरोपनको समस्याबारे सर्वेक्षण गर्न आवश्यक रहेको बताएको छ । सोसाइटीका अध्यक्ष प्रा.डा दिपेन्द्र श्रेष्ठले कानको हेरचाहमा जोड दिनुभयो ।
सोसाइटीका महासचिव डा. योगेश न्यौपानेले कानमा कुनै समस्याको अनुभूति भएमा सम्बन्धित चिकित्सकलाई देखाउन जोड दिनुभयो । सोसाइटीले कानको १० वटा हेरचाहमा जोड दिएको छ ।
१. संक्रमणबाट कानलाई बचाउँनुपर्दछ। कान पाकिहाले नजिकैको चिकित्सकसगँ सल्लाह लिनुपर्दछ । रुघाखोकी लागेमा मध्यकान र नाकको पछाडि भाग जोडने नली बन्द हुन जान्छ । यो नली लामो समयसम्म बन्द भइरहेमा मध्य कानमा असर पर्दछ । यो समस्या बच्चाहरुमा बढी देखापर्ने भएकाले बच्चाहरुलाई रुघाखोकी लाग्नबाट बचाउन आमाको दुध खुवाउने, दुध खुवाउँदा बसालेर खुवाउने, घर वरिपरि पाईने ताजा खानेकुरा खुवाउने र जंक फुड खुवाउन हुँदैन । यस्तै रुघा लागेमा तातो, तातो झोल पदार्थ खुवाउनुपर्दछ र निको नभएमा नजिकैको स्वास्थ्य चौकी वा अस्पतालमा लैजानुपर्दछ ।
२. कानलाई चोटपटकबाट बचाउनुपर्दछ । कान कोट्याउँदा कानको जालीमा असर पर्दछ र जाली फुट्ने सम्भावना रहन्छ । त्यसैले कान कोट्याउन हुँदैन ।
३. बच्चामा सुनाई सम्बन्धि शंका लागेमा नजिकैको चिकित्सकसम्म पुर्याई सल्लाह लिनुपर्दछ ।
४. कानमा तेल अथवा अरु कुनै पनि झोल पदार्थ हाल्नुहुँदैन ।
५. गर्भवती भएको पहिलो तीन महिनासम्म आफूखुसी औषधिको सेवन गर्नुहुँदैन, गर्नै परेमा चिकित्सकको सल्लाह लिनुपर्दछ । गर्भवती आमाले जाँडरक्सी र चूरोट सेवन गर्नुहुँदैन ।
६. आफ्नो बच्चाले नसुन्ने शंका लागेमा सम्बन्धित चिकित्सकसँग जँचाउनुपर्छ ।
७. सर्वसाधारणको जमघट हुने स्थानमा चर्को ध्वनी उत्पन्न हुने उपकरणको प्रयोग गर्नुहुँदैन । वाजाहरु पनि धेरै चर्को रुपमा बजाउनु हुँदैन । गाडिको हर्न निषेध गरिएको ठाउँमा चर्को हर्न बजाउनुहुँदैन ।
८. मोबाइल वा हेड फोन धेरै समयसम्म प्रयोग गर्नु हुँदैन । गर्नै परे चर्को सुन्नु हुँदैन ।
९. कलकारखानामा काम गर्ने व्यक्तिहरुले इएर प्लगको प्रयोग गरी कानलाई चर्को ध्वनीबाट बचाउनुपर्दछ । यस्ता ठाउँमा कम्तिमा वर्षको एकपटक श्रवण परिक्षण गर्ने व्यवस्था मिलाउनुपर्दछ ।
१०. श्रवण शक्तिलाई कसरी बचाउन सकिन्छ । श्रवण शक्तिको ह्रास भइहालेमा के कस्ता विधिहरु अपनाएर रोकथाम गर्न सकिन्छ र छिटो भन्दा छिटो बच्चामा श्रवण शक्तिको परीक्षण कसरी गर्न सकिन्छ भन्नेबारे सर्वसाधारणलाई विभिन्न माध्यामबाट शिक्षा दिनुपर्दछ ।



-1745933173.jpeg)
हिजोको बैठकपछि पनि निष्कर्ष नआउँदा चिकित्सकको आन्दोलन यथावत्
मंगलबार, वैशाख १६, २०८२
नेपालमा स्वास्थ्य क्रान्ति? सातै प्रदेशमा विशेष उपचार सेवा विस्तार हुँदै
मंगलबार, वैशाख १६, २०८२
५ वर्षमुनिका बालबालिकालाई पोषण भत्ताबढाउन सरकारलाई आग्रह
मंगलबार, वैशाख १६, २०८२
मोरङको बुढीगंगामा एक अर्ब लगानीको औषधि उद्योग स्थापना हुँदै
मंगलबार, वैशाख १६, २०८२