नेपाल हेल्थ न्युज काठमाडौँ । मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन सरोकारवालाले जोड दिएका छन् । स्वास्थ्य पत्रकार मञ्च, नेपालले राजधानीमा आयोजना गरेको ‘औषधिको गुणस्तर, मापदण्ड र कानूनी प्रावधान’ बिषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाले सरकारले निःशुल्क वितरण गर्ने ९८ वटा औषधि खरिद गरेमा नेपाली औषधि उद्योग फस्टाउनसक्ने बताउनुभयो । ‘हामी करिब ५० प्रतिशत मात्र स्वदेशी उत्पादनमा आत्मनिर्भर भएका छौ, । उत्पादन र आयातको तारताव्यता मिलाउनुपर्छ । हामीले स्वदेशी औषधि उपभोग गर्नुपर्दछ’—उहाँले भन्नुभयो—‘कुन–कुन उद्योगबाट के–के औषधि उत्पादन गर्न हुन्छ के हुँदैन । हाम्रो देशमा कस्ता रोग फैलिरहेका छन्, त्यो हेरेर हामीले औषधि उत्पादनको रोडम्याप बनाउनुपर्दछ ।’
अतिरिक्त स्वास्थ्य सचिव डा. देवकोटाले चुहावट नियन्त्रण गरेर औषधिको मूल्यमा समायोजन गर्न सकिने बताउनुभयो । उहाँले उद्योगमा नै प्रयोगशाला रहेकाले औषधि गुणस्तर रहेको छ भन्ने हामीले विश्वास गरेको बताउनुभयो ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले शरीरमा औषधिले काम गर्यो भने मात्र औषधिको गुणस्तर मापन हुने बताउनुभयो । उहाँले गुणस्तर सुधार्न विभागले नयाँ नयाँ प्रविधि ल्याइरहेको भन्दै उद्योगले पनि सुधार गरिरहेको बताउनुभयो । ‘रिसर्च, विज्ञलाई राखेर औषधिको फर्मुलेसन भइरहेको छ । निश्चित परीषण गरेपछि गुणस्तर भन्ने मिल्दैन । होल लाइफसाइकललाई हेर्नुपर्दछ । शरीरमा औषधिले काम गरेर मात्र त्यो गुणस्तर हुन्छ’ उहाँले भन्नुभयो । उहाँले औषधिको उत्पादनदेखि प्रयोगसम्म हेरेर मात्र गुणस्तर हो वा होइन भन्ने थाहा हुने बताउनुभयो ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले नेपालमा उत्पादन गने औषधि गुणस्तरीय रहेको बताउनुभयो । औषधि उद्योग संचालन गर्न त्यति सजिलो नभएको भन्दै बाहिर बसेर औषधि उद्योगभित्र पीडा बुझ्न नसकिने उहाँले बताउनुभयो । ‘औषधि उद्योगमा करिब ६० अर्ब रुपिया लगानी रहेको छ ।
एउटा औषधि उद्योग सञ्चालन गर्न करिब ८० करोड लाग्दछ । तर स्वदेशी उद्योगले उत्पादन गरेका औषधिको उपभोगको ३० अर्ब रहेको छ,’— उहाँले भन्नुभयो —‘६० अर्ब लगानी गरेर ३० अर्ब वेचेको छौ । कुनै पनि बिजनेश लगानीको ६ गुणा गर्नुपर्दछ । यसले गर्दा हामीलाई समस्या छ ।’ उहाँले सरकारले खरिद गर्ने औषधि स्वदेशी उद्योगले उत्पादन गरेको खण्डमा औषधि उद्योग फस्टाउने बताउनुभयो । उहाँले सरकारले खरिद गर्ने औषधि किनेमा आफूहरु ५ बर्षभित्रमा मुलुकलाई चाहिने औषधि उत्पादन गर्न सक्ने र बाहिरबाट कुनै पनि औषधि खरिद गर्न नपर्ने अवस्थाको सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
आयुर्वेद औषधि उत्पादन संघका अध्यक्ष सुमन पाण्डेले औषधिको गुणस्तरमा संवेदशनशील रहेको बताउनुभयो । उहाँले सरकारले बनाएको मापदण्ड पुरा गरेर नै बिरामी सम्म पुर्याएको बताउनुभयो । उहाँले सरकारले उद्योगलाई सहयोग गरेमा उद्योगीले मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन सकिने बताउनुभयो ।
नेपाल फर्मास्युटिकल्स एसोसिएसनका महासचिव संजिव कट्टेलले औषधिको लागि गुणस्तरीय प्रयोगशालामा ध्यान दिनुपर्ने बताउनुभयो ।

औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले नेपाली औषधि उद्योग फस्टाउनुपर्ने बताउनुभयो । उहाँले औषधिको गुणस्तर कायम राख्नुपर्ने भन्दै स्वदेशी उद्योग संरक्षण आवश्यक रहेको बताउनुभयो । विश्वमा नेपाल सबभन्दा कम मूल्यमा औषधि वेच्ने मुलुकको रुपमा रहेको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुंगेलले औषधि मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकोले गुणस्तरीय औषधि उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
