
नेपाल हेल्थ न्युज, काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको न्युरो सर्जरी विभागले पार्किन्सन रोग, छारेरोग, डिप्रेसन, शारीरिक कम्पन, डिस्टोनियालगायतको समस्या रहेकाहरुको उपचारका लागि नयाँ प्रविधि भित्र्याउने भएको छ ।
न्युरो सर्जरी विभागले आज सूचना जारी गर्दै त्यस्ता प्रकारका रोगहरुमा परम्परागत उपचार सन्तोषजनक रुपमा सुधार हुन नसकेका बिरामीहरूका लागि व्याटरीबाट बिधुतिय तरङग दिई दिमाग सञ्चालन गर्ने विधि डीबीएस र भीएनएस तथा अन्य उपचार विधि सञ्चालनमा ल्याउन लागेको जानकारी गराएको हो ।
उक्त प्रक्रियाहरूका लागि बिरामीहरूको छनोट आगामी चैत्र १८ गतेसम्म न्युरो सर्जरी विभाग चौथो तल्ला कोठा नम्बर ४३१ मा सञ्चालन गरिएको बताइएको छ । औषधिहरूले सन्चो नभएका पार्किन्सन्स, छारे रोग, शरीर कम्पनजस्ता समस्या भएका बिरामीहरूले सम्पर्क गर्न सूचनामार्फत आग्रह गरिएको छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

