
नेपाल हेल्थ न्युज, काठमाडौँ । औषधी व्यवस्था विभागले औषधी पुरक सामग्रीको बिक्री नगर्न आग्रह गरेको छ ।
विभागले सूचना निकाल्दै औषधी पुरक न्युट्रास्युटिकल ट्याब्लेट, क्याप्सुल, झोल तथा सौन्दर्य प्रशाधन सामग्रीको नाममा औषधी मिश्रित क्रिम आदि औषधीहरुको बिक्री नगर्न आग्रह गरेको हो ।
विभागद्वारा निरीक्षणका क्रममा यस्ता उत्पादनहरु बिक्री भइरहेको पाइएकाले यस्ता औषधीहरुको बिक्री तुरुन्त रोक्न सम्बन्धित सबैलाई आग्रह आग्रह गरेको हो ।
यस सूचनाको अवज्ञा गरी त्यस्ता उत्पादनहरु निरीक्षणको क्रममा बिक्री गरेको पाइएमा कानुन अनुसार जफत तथा कारबाही हुने विभागले चेताननी दिएको छ ।
विभागका अनुसार औषधी ऐन, २०३५ को दफा १० (क) बमोजिम सोही ऐको दफा १० बमोजिम औषधी बिक्री गर्न प्रमाणपत्र लिएको व्यक्तिले ऐनको दफा ८(क) बमोजिम विभागमा दर्ता रहेको औषधी मात्र बिक्री गर्नुपर्ने व्यवस्था गरेको छ ।

चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

