
नेपाल हेल्थ न्युज, गोदावरी (कैलाली)। धनगढी उपहानगरपालिका–१३ राजपुरमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्नेगरी रु आठ करोड २१ लाख ४१ हजारमा २०७८ भदौ ५ मा ठेक्का सम्झौता गरेको थियो ।
सम्झौता अवधिमा भवन निर्माण सम्पन्न नगरेपछि उक्त कम्पनीसँग २०८१ वैशाख ३० गतेसम्मका लागि समयावधि थप भएको सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीले जनाएको छ । कार्यालयका सूचना अधिकारी सौरभ कलौनीले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । अहिले भवनमा ‘फिनिसिङ’को काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
प्रत्येक प्रदेशमा एक–एकवटा प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गर्ने सङ्घीय सरकारको नीति रहेको जनाइएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याउन २०७४ सालमै दरबन्दी स्वीकृत गरेको जनाइएको छ । जसअन्र्तगत सुदूरपश्चिममा पनि ११ जनाको दरबन्दी स्वीकृत गर्दै एकजना प्रयोगशाला अधिकृत र एकजना लेखापाललाई प्रादेशिक प्रयोगशालामा खटाएर कार्यालय खोलिएको थियो ।
प्रयोगशाला स्थापना गरिए पनि आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको थियो । विशेष प्रकृतिका जाँचमा सहजता ल्याउने उद्देश्यले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको जनाइएको छ । स्वास्थ्य क्षेत्रको मेरुदण्डका रूपमा रहेको प्याथोलोजी प्रयोगशालाको जाँचको उचित प्रयोग नगरी सही उपचार सम्भव नभएकाले जनस्वास्थ्य प्रयोगशाला स्थापनापश्चात यसको पहुँच सर्वसाधारणसम्म पुग्न सक्ने अपेक्षा गरिएको छ । प्रदेशस्तरीय प्रयोगशालामा रोगको मोलिक्युलर जाँच, जेनेटिक रोगका जाँच तथा थप अन्य सम्पूर्ण किसिमको जाँचलगायत सङ्क्रामक र नसर्ने रोगको पहिचान, निदान, सर्भे, सर्भिलेन्स, अनुसन्धानलगायतका सेवा प्रदान गरिने जनाइएको छ ।
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
