
नेपाल हेल्थ न्युज, काठमाडौँ । सांसदहरुले सुर्ती, खैनी तथा गुट्खा उत्पादनमा प्रतिबन्ध लगाउनुपर्ने माग राख्नुभएको छ । मङ्गलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुले यस्तो माग राख्नुभएको हो ।
उहाँहरुले सुर्तीजन्य उद्योगहरुको उत्पादनको लागिमात्रै क्षमता अभिवृद्धि गर्ने हो भने पञ्चायत कालमा सञ्चालन भएको जनकपुर चुरोट कारखाना सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
उहाँहरुले उद्योगको पुँजी वृद्धि तथा क्षमता अभिवृद्धिको अनुमति दिइसकेपछि सो विषयमा छलफल गर्नुको औचित्य नरहेको औंल्याउनुभयो । उहाँहरुले स्वास्थ्यमा जनतालाई असर गर्नेकुरामा राजश्वका दृष्टिकोणले मात्रै हेर्नु नहुने जिकिर गर्नुभयो ।
पैसा कमाउने उद्देश्य मात्रै राज्यले लिन नहुने भनाइ उहाँको छ । बैठकमा बोल्नुहुँदै नेपाली कांग्रेस सांसद कान्तिका सेजुवालले सुर्तीजन्य गुट्काहरुको उद्योग सञ्चालनका लागि मात्रै क्षमता अभिवृद्धि गर्ने हो भने पञ्चायत कालमा सञ्चालनमा आएको जनकपुर चुरोट कारखाना सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले सुर्तीजन्य उद्योगहरुको क्षमता अभिवृद्धि गर्ने नभइ रोक्ने दिशामा अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।
यसैगरी, नेपाली कांग्रेसका अर्का सांसद रमा कोइराला पौड्यालले स्वास्थ्यमा जनतालाई प्रभाव पार्ने कुराले राजश्वका लागि सुर्तीजन्य पदार्थहरुको उत्पादनमा अभिवृद्धि गर्नेकुरा राम्रो नहुने बताउनुभयो । उहाँले राज्यले जनतालाई असर पर्ने कुरामा पैसा मात्रै कमाउने उद्देश्यबाट प्रेरित हुनु नहुने जिकिर गर्नुभयो । यस विषयमा राज्य व्यवस्था समिति र उद्योग समितिमा संयुक्त छलफल गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले पुँजी अभिवृद्धिको स्वीकृति दिइसकेपछि छलफल गर्नुको ओचित्य नरहेको बताउनु भयो ।
यसैगरी, नेकपा (एमाले) का सांसद लालप्रसाद सावा लिम्बूले गुट्का उद्योगको पुँजी अभिवृद्धि तथा क्षमता अभिवृद्धि गर्ने अनुमति दिइसकेपछि छलफल गर्नुको औचित्य नरहने बताउनुभयो । अनुमति दिनुपूर्व नै छलफल हुनुपर्ने कुराको जवाफ सरकारले दिनुपर्ने भनाइ व्यक्त गर्नुभयो ।
उहाँले आवश्यकताको आधारमा उद्योग बन्द गर्नुपर्ने बताउनु भयो । उहाँले उद्योग बन्द गर्दा त्यसले पार्ने असरमा पनि सरकारले ध्यान दिनुपर्ने जानकारी दिनुभयो । उहाँले नेपालमा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरु बन्द गर्दा बाहिरबाट हुने आयातको बारेमा पनि विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।
उहाँले सुर्तीजन्य पदार्थहरुको उत्पादन नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भयो । समितिको बैठकमा अन्य सांसदहरुले चलिरहे
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
