
नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपडेन्ट इन्टरनेशनल डेन्टल ट्रेड शो २०२४ काठमाडौँमा सुरु भएको छ । नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडिडिए) ले आयोजना गरेको उक्त डेन्टल ट्रेड शो तीनदिनसम्म भुकुटीमण्डपमा चल्ने छ।
डेन्टल ट्रेड शोमा १०० भन्दा बढी स्टल राखिएका छन् । ५ हजार भन्दा बढी अवकलोनकर्ताहरुले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ । मेलामा एक हजार भन्दा बढी ब्राण्डहरु हुने एनडिडिएका अध्यक्ष शालिराम अर्यालले जानकारी दिनुभयो ।
उक्त मेलामा दन्त चिकित्सा क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई दन्त सामग्रीबारे जानकारी समेत दिइने उहाँको भनाइ छ ।
मेलामा वितरक तथा आयातकर्ताहरुलाई विभिन्न अफर तथा छुट समेत रहने नेप्डेन्ट ट्रेड शो २०२४ का सहसंयोजक शेखर सुवेदीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

