
नेपाल हेल्थ न्युज, बाँके । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–४ की १९ वर्षीया ममता सिंह ठकुरीको रेबिजका कारण मृत्यु भएको छ। केही महिनाअघि किशोरीलाई कुकुरको बच्चाले टोकेको थियो।
कुकुरको सानो बच्चाले टोकेको केही हुँदैन भन्दै घरपरिवारले रेबिज विरुद्धको भ्याक्सिन लगाएका थिएनन्। रेबिजको लक्षण देखिएपछि नेपालगन्ज हुँदै उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा किशोरीको मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले बताउनुभयो।
उहाँले गत आर्थिक वर्ष ०७९/८० मा रेबिज रोगका कारण जिल्लामा दुई जनाको मृत्यु भएको बताउँदै कुकुर, बिरालो र मुसाले त टोकेको हो भनेर लापरबाही गर्दा यस्तो घटना घटेको बताउँदै अबका दिनमा लापरबाही नगर्न आग्रह समेत गर्नुभएको छ। कुकुर वा बिरालोले टोक्ने बित्तिकै रेबिज विरुद्धको भ्याक्सिन लगाउन उहाँको अनुरोध छ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

