
नेपाल हेल्थ न्युज, विराटनगर । गत शुक्रबार मृत फेला परेकी स्टाफ नर्सको हत्यामा संलग्न रहेको आशङ्का गरेका युवा मृत भेटिएका छन् ।
नर्सको हत्या पश्चात् प्रहरीको अत्यधिक खोजीमा रहेका उनका प्रेमी शिवशङ्कर दास विराटनगरकै एक होटेलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनी विराटनगरको फाइन होटेलको कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
विराटनगरस्थित नोबेल हस्पिटलमा कार्यरत स्टाफ नर्सको हत्यामा संलग्न रहेको आशङ्का गरिएको युवा मृत भेटिएपछि घटना थप रहस्यमय बनेको छ । उनले प्रेमिकाको हत्यापछि आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान गरिएको छ ।
२३ वर्षीया चन्द्रिकाकुमारी दास शुक्रबार विराटनगर महानगरपालिका ४ स्थित कोठा बसेको घरको शौचालयमा मृत अवस्थामा भेटिएकी थिइन् ।
घाँटीसहित शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको अवस्थामा भेटिएपछि प्रहरीले प्रारम्भिक अनुसन्धानपछि उनको हत्या भएको जनाएको थियो । सिराहाको फुल्काहकट्टी घर भएकी दास नोबेल अस्पतालमा काम गर्दै आएकी थिइन् ।
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
