नेपाल हेल्थ न्युज काठमाण्डौ । काठमाडौंमा आजदेखि १२ औँ ‘ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन सुरु भएको छ ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र र निक साईमन्स इन्स्टिच्युटको आयोजनामा सुरु भएको सम्मेलन तीनदिन सम्म चल्नेछ ।
ग्रामीण क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन प्रदान गर्ने तथा निरन्तर चिकित्सकीय ज्ञान र सिप प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा.अनोज भट्टचनले जानकारी दिनुभयो ।
सम्मेलनको पहिलो दिन स्वास्थ्य उपचार सम्बन्धि ७ वटा केश स्टोरीजहरु प्रस्तुत गरियो । सेवा प्रवाहको सन्दर्भमा भएका चुनौतीहरु के के छन् ? त्यसलाइ कसरी समाधान गर्न सकिन्छ ? भन्ने ५ वटा विषयमा समुहगत छलफलहरु भयो । यसैगरी उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवद्वारा ग्रामीण क्षेत्रमा काम गर्ने उत्कृष्ठ स्वास्थ्यकर्मीलाइ अवार्ड प्रदान गरिदै छ ।
भोलि र पर्सी विभिन्न १५ वटा स्वास्थ्य सम्बन्धी प्राविधिक विषयहरुमा विषय विज्ञबाट मेडिकल सम्बन्धी रोकथाममुलक, प्रवर्धनात्मक, उपचारात्मक, पुनस्थापनात्मक लगायतका विषयमा ज्ञान र सीप बढ्ने खालका कक्षाहरु गराइने कार्यक्रममा बताइएको छ । सम्मेलनमा देशभरका करिब १ सय स्वास्थ्यकर्मीको सहभागिता रहेको छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

