
नेपाल हेल्थ न्युज, नेपालगन्ज । बाँकेमा ५३९ क्षयरोगी थपिएका छन् । चालू आर्थिक वर्षको सात महिनामा मात्रै जिल्लामा ५३९ जना क्षयरोगी थपिएको स्वास्थ्य कार्यालय बाँकेका क्षय-कुष्ठ रोग फोकल पर्सन रविन्द्र कुमार शाहले जानकारी दिनुभयो । त्यसमध्ये सबैभन्दा बढी क्षयरोगी नेपालगन्जकै रहेका छन् ।
नेपालगन्जमा १६३ नयाँ क्षयरोगी पत्ता लागेका छन् । जिल्लामा सबैभन्दा कम क्षयरोगी नरैनापुरमा पत्ता लागेका छन् । नरैनापुरमा २६ जना क्षयरोगी पत्ता लागेको शाहले बताउनुभयो । चालू आर्थिक वर्षमा क्षयरोग पुष्टि भएका मध्ये ६ जना एचआइभी पोजिटिभ रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा बाँकेमा १ हजार १ सय २ जना क्षयरोगी पत्ता लागेका थिए । जसमध्ये नेपालगन्जमा सबैभन्दा बढी ३ सय ३५ र नरैनापुरमा सबैभन्दा कम ७१ क्षयरोगी पत्ता लागेका थिए । ती क्षयरोगी मध्ये ५ जनामा एचआइभी पोजिटिभ समेत रहेको थियो ।
स्वास्थ्य कार्यालय बाँकेका क्षय-कुष्ठ अधिकृत शाहले क्षयरोग नियन्त्रणका लागि जनचेतना र परीक्षण आवश्यक रहेको बताउनुभयो । ‘क्षयरोगबारे सचेत बनाउन सकियो भने नियन्त्रणमा लिन सहज हुन्छ’, शाहले भन्नुभयो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

