
नेपाल हेल्थ न्युज, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्यजस्तो संवेदनशील विषयमा गुणस्तरमा कुनै सम्झौता नहुने बताउनुभएको छ ।
आज चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई सम्बोधन गर्दै उहाँले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्ने उहाँको भनाई छ । प्रधानमन्त्री प्रचण्डले गुणस्तरका मापदण्ड पालना र कार्यान्वयनमा आयोगलाई क्रियाशील हुन आग्रह गर्नुभयो ।
बाहिरी देशबाट नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि नेपालको चिकित्सा शिक्षा पद्धती आकर्षणको केन्द्रका रूपमा स्थापित हुनुपर्नेमा पनि उहाँको जोड छ ।
प्रधानमन्त्रीले आयोगबाट प्रस्तुत भएको प्रतिवेदनमा विदेशी विद्यार्थीको सङ्ख्या बढ्दै जानुले चिकित्सा क्षेत्रमा आकर्षण बढ्दै गएको देखिएको पनि बताउनुभयो ।
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
