नेपाल हेल्थ न्युज काठमाडौं। चिकित्सा शिक्षा आयोगले पीसीएल र स्नातक तहका नर्सिङ कार्यक्रम एकै संस्थामा चलाउन दिने निर्णय गरेको छ । आयोगको शुक्रबार बसेको १३ औँ बैठकले नर्सिङ विधाको अध्ययन गर्न गठित कार्यदलको सुझाव कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।

नर्सिङ विधाको अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदनमा नर्सिङको प्रमाणपत्र तह र स्नातक तहको अध्यापन र प्रयोगात्मक अभ्यास एउटै संस्थामा सञ्चालन गर्न सकिने सुझाव दिएको थियो।
तीन वर्षअघिसम्म नेपालका मेडिकल कलेजहरुमा प्रवीणता प्रमाणपत्र तह (पीसीएल) को नर्सिङ कार्यक्रम सञ्चालनमा थिए । मेडिकल कलेजहरुले पीसीएलसहित स्नातक र स्नातकोत्तर तहमा समेत नर्सिङ कार्यक्रममा पठनपाठन गर्दै आइरहेका थिए । तर २०७८ मंसिरदेखि भने मेडिकल कलेजहरुले पिसिएल तहमा नर्सिङ कार्यक्रम सञ्चालन गरेका छैनन्। चिकित्सा शिक्षा आयोगको निर्णय अनुसार पीसीएल तहको कार्यक्रम सञ्चालन गर्न नपाएका हुन्। आयोगले चिकित्सा शिक्षा ऐनको दफा ४२ अनुसार पीसीएल कार्यक्रम सञ्चालनमा रोक लगाएको थियो।
तर नर्सिङ तथा मेडिकल कलेज सञ्चालकहरुका संगठनहरुले भने ऐनको उक्त दफाले अस्पताल तथा मेडिकल कलेजहरुलाई पीसीएल कार्यक्रम सञ्चालनमा रोक नलगाएको बताउँदै अन्दोलन समेत गरेपछी नर्सिङ विधाको अध्ययन गर्न कार्यदल गठित गरी सुझाव लिइएको थियो।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

