
नेपाल हेल्थ न्युज, अर्घाखाँची । अर्घाखाँचीमा क्षयरोगका कारण एक वर्षमा ६ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७९/८० मा ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय विकले बताउनुभयो । त्यस्तै जिल्लाभरमा दुई सय २२ जनामा क्षयरोग संक्रमण पुष्टि भएको सूचना अधिकारी विकको भनाइ छ ।
जसमध्ये सन्धिखर्क नगरपालिका ६४ जना,भुमिकास्थान नगरपालिका ५६ जना,शितगंगा नगरपालिका ४१ जना,छत्रदेव गाउँपालिका २६ जना,पाणिनि गाउँपालिका १९ जना र मालारानी गाउँपालिकामा १६ जना गरि दुई सय २२ जनामा क्षयरोग पुष्टि भएको बताएको छ । परिक्षण समुदाय स्तरमा पुर्याउनको लागि लागि स्वास्थ्य कार्यालय अर्घाखाँचीले जिल्लाका ६ वटै पालिकामा चरणबद्ध रुपमा कार्यक्रम गर्न सुरु गरेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपालीले जानकारी दिनुभयो ।
कार्यालय बाट चालु आर्थिक वर्षमा ४५ कार्यक्रम भएको र ३५ कार्यक्रम कार्यान्वयनमा गएको र १० कार्यक्रम कार्यान्वयन हुन बाँकी रहेको समेत बताउनुभयो ।अर्घाखाँची अस्पतालका निमित्त प्रमुख डा.अशोक शाहले जिल्लामा क्षयरोगका बिरामीको सङ्ख्या बढी भए पनि रोग लुकाउने गरेको बताए । बिरामीहरूले दुई-तीन महिना औषधी नियमित सेवन गर्ने र पछि केही सञ्चो भएपछि औषधी खान छाड्ने गरेकाले रोग बल्झिने क्रम बढ्दो रहेको उहाँको भनाइ छ । ६ महिनासम्म औषधि खाँदा क्षयरोग निको हुने भएकाले बिरामीले समयमै चेकजाँच गराई उपचार गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
