
नेपाल हेल्थ न्युज, काठमाडौँ। औषधी व्यवस्था विभागले सरकारले निःशुल्क प्रदान गर्दै आएको ९८ प्रकारका औषधीको विवरण पेस गर्न अनुरोध गरेको छ ।
विभागकाले सूचना निकाल्दै आर्थिक वर्ष २०७७/७८, २०७८/७९, २०७९/८० को उत्पादन तथा आयातको वार्षिक विवरण पेस गरी सहयोग गर्न उत्पादक तथा आयातकर्तालाई अनुरोध गरेको हो ।
विभागले सरकारले निःशुल्क प्रदान गर्दै आएको ९८ प्रकारका अत्यावश्यकीय औषधीहरूको बजार अवस्था अध्ययन गर्न उत्पादक तथा आयातकर्तालाई अनुरोध गरेको हो ।
विवरण सङ्कलनका लागि विभागले तयार गरेको प्रयोगकर्ता निर्देशिकाका आधारमा सूचना प्रकाशित मितिबाट ३० दिनभित्र अनिवार्य विवरण पेस गर्न अनुरोध गरेको छ । थप जानकारीका लागि विभागको औषधी मूल्याङ्कन तथा दर्ता महाशाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

