
नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घले एक वर्षमा आफ्नो मातहतका अस्पताल, उपचार केन्द्र र जिल्ला शाखामार्फत ३३ लाखभन्दा बढीको आँखा जाँच तथा उपचार गरेको जनाएको छ ।
सङ्घले ४६औँ नेत्रज्योति दिवसका अवसरमा आज यहाँ पत्रकार सम्मेलन गरी सन् २०२३ मा आफ्नो मातहतका २८ अस्पताल, १५६ आँखा उपचार केन्द्र र ४३ जिल्ला शाखामार्फत आठ लाख पाँच हजार विदेशीसहित ३३ लाख छ हजार २६ जनाको स्वास्थ्योपचार गरेको स्पष्ट गरेको छ ।
सङ्घका अध्यक्ष प्रा. डा. चेतराज पन्तले सङ्घीय र प्रदेश सरकार, स्थानीय तह, स्वदेशी तथा विदेशी दातृ निकाय एवं समाजसेवी समेतको सहयोगमा गरिब तथा असहायलाई प्राथमिकता दिँदै दुई लाख ६५ हजार ८८५ जनाको शल्यक्रिया गरेको जानकारी दिनुभयो ।
महासचिव भरतबहादुर चन्दले स्थापना कालदेखि हालसम्म ५१ लाख ३३ हजार ६५९ जनाको शल्यक्रिया उपचारसहित चार करोड ३६ लाख जना आँखाका बिरामीलाई स्वास्थ्य सेवा दिन सफल अन्धोपनमुक्त नेपालका पक्षमा क्रियाशील सङ्घलाई समाजका सबै क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपालमा ४५ वर्षअघि पाँच जना मात्र आँखा रोगसम्बन्धी विशेषज्ञ चिकित्सक रहेकोमा अहिले ८०० भन्दा बढीले सेवा प्रदान गरिरहेका छन् ।
अहिले मित्रराष्ट्र भारत, बङ्गलादेश र भुटानका बिरामी समेत आँखा उपचारका लागि नेपाल आउने गरेको सङ्घले जनाएको छ । प्रविधिको विकाससँगै करिब दुई दशकभन्दा अघि सात दिन लाग्ने आँखाको शल्यक्रिया अहिले जम्मा दुई दिनमा सम्भव हुने भएको छ । रासस
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

