नेपाल हेल्थ न्युज, सुर्खेत। स्वास्थ्य सेवाको पहुँच जनस्तरमा पुर्याउन २०७७ सालमा ल्याइएको प्रदेश स्वास्थ्य रणनीतिको कार्यान्वयन अवस्था फितलो देखिएको छ । कर्णाली प्रदेश सरकारले स्वास्थ्य सेवालाई जनस्तरमा लैजान तीन वर्षअघि स्वास्थ्य रणनीति बनाएको थियो । विभिन्न तथ्याङ्कले कर्णालीका तीन चौथाइ नागरिक स्वास्थ्यको आधारभूत पहुँचबाट बाहिर रहेको देखाएको छ । स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका समूहमा स्वास्थ्य सेवाको पहुँच र उपभोगमा अभिवृद्धि गर्ने प्रदेश सरकारको रणनीतिक लक्ष्य भएपनि काम हुन सकेको छैन । २०८२ सालसम्म शतप्रतिशत नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा जोड्ने गरी लक्ष्य राखिएको थियो ।
भौगोलिक विकटता र आर्थिक अभाव छ । प्रदेश योजना आयोगको मध्यकालीन खर्च संरचना पुस्तकमा ५७ प्रतिशत नागरिक मात्र आधारभूत स्वास्थ्य सेवाको पहुँचमा रहेको उल्लेख छ ।

आयोगको तथ्याङ्क अनुसार ४३ प्रतिशत नागरिक आधारभूत स्वास्थ्य सेवाको पहुँच बाहिर रहेको गोरखापत्रमा समाचार छ । केही वर्षअघि कर्णालीका ७६ प्रतिशत नागरिक आधारभूत स्वास्थ्य सेवाको पहुँचबाहिर रहेको देखिएको थियो । २४ प्रतिशत घरधुरी मात्र नजिकको सरकारी स्वास्थ्य संस्थाको पहुँचमा रहेको पाइएको छ । कर्णाली प्रदेशमा २४ प्रतिशत घरधुरी मात्र ३० मिनेटको दुरीमा नजिकको सरकारी स्वास्थ्य संस्थाको पहुँचमा रहेका छन् ।
यसैगरी ४८ प्रतिशत घरधुरीहरू ३० देखि ६० मिनेटको दुरीमा नजिकको सरकारी स्वास्थ्य संस्थाको पहुँचमा छन् । २९ प्रतिशत घरधुरी ६० मिनेटभन्दा बढीको दुरीमा सरकारी स्वास्थ्य संस्थाको पहुँचमा रहेका छन् । यसरी हेर्दा अझै पनि तीन चौथाइ नागरिक ३० मिनेटको दुरीमा आधारभूत स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका छन् ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
