नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल सोसाइटी अफ नेफ्रोलोजीमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । प्रा.डा. दिव्या सिंह शाहको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

यसअघि प्रा.डा.प्रमोद कुमार क्षेत्री अध्यक्ष हुनुहुन्थ्यो ।
नवनिर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रा.डा. रजनी हाडा, महासचिवमा डा.धिरज नारायण मानन्धर हुनुहुन्छ । यसैगरी सोसाइटीको कोषाध्यक्षमा डा. कल्पना कुमारी श्रेष्ठ र सहसचिवमा डा.मुकुन्द प्रसाद काफ्ले निर्वाचित हुनुुभयो । सोसाइटीको सदस्यहरुमा डा. शैलेन्द्र श्रेष्ठ, डा.अमृत केसी, डा. बिमल पाण्डे, डा.कृष्ण कुमार अग्रवाल, डा. दिवा शर्मा, डा. अनिल पोेख्रेल र डा. बिक्रम बिर कर्माचार्य हुनुहुन्छ ।

शनिवार राजधानीमा आयोजित कार्यक्रममा पूर्व अध्यक्ष प्रा.डा. क्षेत्रीले नवनिर्वाचित अध्यक्ष शाहलाई संस्थाको जिम्मेवारी हस्तान्तरण गर्नुभयो । सन् १९९८ मा स्थापना भएको सोसाइटीमा करिब ७२ जना सदस्य हुनुहुन्छ । ति मध्ये १० जना विदेश पलायन हुनुभएको छ ।


चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

