
नेपाल हेल्थ न्युज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मीहरू नियुक्त गर्न माग गर्नुभएको छ ।
आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले वीर अस्पतालमा स्वास्थ्यकर्मीको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको भन्दै तत्काल स्वास्थ्यकर्मी नियुक्त गर्न माग गर्नुभएको हो ।
उहाँले वीर अस्पतालमा ८३१ जनाको दरबन्दी स्वीकृत पनि भइसकेको भन्दै करारमा अथवा लोकसेवामार्फत जुन प्रक्रियामा भए पनि तुरुन्त स्वास्थ्यकर्मी नियुक्त हुनुपर्ने बताउनुभयो ।
उहाँले अघिल्लो स्वास्थ्यमन्त्रीले एकै पटक २७६ जना स्वास्थ्यकर्मीलाई वीर अस्पतालबाट निकालेर अस्पतालको सेवा नै अलपत्र पारेको भन्दै नयाँ स्वास्थ्यमन्त्रीले सेवामा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले कुनै वेबसाइटमार्फत अथवा कुनै माध्यमबाट देशभरका अस्पतालमा कस्ता कस्ता सेवाहरू दिइन्छन् र कति आइसियु बेड खालि छन् भन्ने हेर्न सकिने व्यवस्था गर्न समेत माग गर्नुभयो ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
