
नेपाल हेल्थ न्युज, झापा । झापाको बिर्तामोड नगरपालिकाले गरिब तथा विपन्न परिवारका लागि २ हजार परिवारको स्वास्थ्य बिमा गरेको छ । स्वास्थ्य बिमा कार्यक्रम मार्फत नगरपालिकाले दुई पटकमा २ हजार परिवारको बीमा गरेको वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले जानकारी दिनुभयो ।
पहिलो चरणमा हरेक वडाबाट १–१ सय परिवारको बीमा गरिएको थियो । दोस्रो चरणमा थप १–१ सय परिवारको बीमा गरिएको तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा १ हजार परिवारको स्वास्थ्य बीमा गरिएको थियो । नगरपालिकाका अनुसार निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा जोडिने परिवारको सङ्ख्या प्रति वडा २–२ सय पुगेको छ ।
अघिल्लो कार्यकालमा ३५ लाख र चालु आर्थिक वर्षमा ३५ लाख गरेर जम्मा ७० लाख बजेट व्यवस्था गरिएको थियो । नगरपालिकाले विपन्न परिवारलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य बीमा गरेको तिम्सिनाले बताउनुभयो । बीमा गरेका हरेक परिवारले १ लाख बराबरको उपचार सेवा प्राप्त गर्नेछन् । आगामी वर्षहरुमा पनि निःशुल्क बीमा गर्दै जाने बताइएको छ ।
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
