नेभिगेशन

स्वास्थ्य मन्त्रालयको प्रशासन तर्फको सचिवमा मधुसुदन बुर्लाकोटी

नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फको सचिवमा मधुसुदन बुर्लाकोटीले जिम्मेवारी पाउनुभएको छ । सचिव बुर्लाकोटी उपराष्ट्रपतिको कार्यालयबाट सरुवा हुनुभएको हो ।

स्वास्थ्य मन्त्रालयमा दुई जना सचिवको दरबन्दी रहेको छ। प्रशासन तर्फको सचिव देवकुमारी गुरागाईंले फागुन अन्तिम साता अवकाश पाएपछि उक्त पद रिक्त थियो।

रिक्त रहेको स्थानमा मन्त्रिपरिषदले बुर्लाकोटीलाई जिम्मेवारी दिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट