
नेपाल हेल्थ न्युज, काँक्रेविहार । जाजरकोटको नलगाड नगरपालिकाभित्रका १८ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन् । पाँच महिनादेखि स्थायी स्वास्थ्यकर्मी र करारका स्वास्थ्यकर्मीले छ महिनादेखि तलब नपाएको गुनासो गरेका हुन् ।
तलब नपाउँदा घर खर्च चलाउन नै मुस्किल भएको स्वास्थ्यकर्मीको भनाइ रहेको छ । धेरैपटक तलब माग गरे पनि सुनुवाइ नभएको स्वास्थ्यकर्मी राधिका पुनले जानकारी दिनुभयो । सोमबार भएको अर्धवार्षिक समीक्षामा तलबको विषयमा प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई र नगरप्रमुख डम्बर रावतले सम्बोधन नगरेको उहाँले भन्नुभयो ।
नलगाडको विकास बजेट २० प्रतिशत पनि खर्च नभएको पाइएको छ । प्रमुख प्रशासकीय अधिकृत भट्टराई र अन्य कर्मचारीबीच तालमेल नमिल्दा बजेट खर्चदेखि सेवा प्रवाहमा असर परेको छ । नगरप्रमुख रावत र प्रमुख प्रशासकीय अधिकृत भट्टराईको बीचमा काम गर्ने विषयमा तालमेल नमिल्दा सबै काम ठप्प भएको नगरप्रमुखको सचिवालले जानकारी दिएको छ । प्रमुख प्रशासकीय अधिकृतले भनेको केही नगरी आफ्नै तरिकाले चल्न खोज्दा समस्या भएको सचिवालयले जनाएको छ ।
जुम्लाको गुठीचौर गाउँपालिकाबाट दुई महिनामै फिर्ता पठाएका भट्टराई नलगाडमा सोही व्यवहार दोहोर्याउन थालेको सचिवालयको भनाइ छ । पत्र काटेर फिर्ता पठाइदिन अधिकृत भट्टराईले नगरप्रमुख रावतलाई धम्की दिने गरेका छन् ।
अधिकृत भट्टराईको दबाबका कारण प्राविधिक शाखाका इञ्जिनियर उमेश खड्काले जागिरबाट राजीनामा दिई काठमाडौँ गएका थिए । नगरप्रमुखले सम्झाईबुझाई गरेर प्रमुख प्रशासकीय अधिकृतलाई काममा लगाएको सचिवालयले जनाएको छ । रासस
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
