
नेपाल हेल्थ न्युज, झापा । झापा बिर्तामोडका १ जनामा कालाजार रोगको संक्रमण देखिएको छ । वडा नम्बर ५ का ५२ वर्षीय पुरुषमा कालाजारको संक्रमण देखिएको हो ।
संक्रमित फेला परेपछि स्वास्थ्य कार्यालय झापाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका,सरोकारवाला लगायतलाई अभिमुखीकरण तथा सक्रिय खोजपडताल परिक्षण कार्यक्रम अघि बढाएको छ ।
बुधबार वडा नम्बर ५ को वडा कार्यालयमा वडाअध्यक्ष रोहित प्रसाईँको अध्यक्षतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका कालाजार रोग फोकल पर्सन वीरेन्द्र दासले रोगका विषयमा सम्पुर्ण जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालयले संक्रमित व्यक्ति रहेको टोल जात्रुबारीमा नजिकका १७ जनाको आरडिटी किट मार्फत रगत परीक्षणसमेत गरेको छ । परिक्षण गरिएका सबैमा संक्रमण नदेखिएको बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेब दिपक सापकोटाले जानकारी दिनुभयो ।
परिक्षणमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिको समेत उपस्थिति रहेको स्वास्थ्य कार्यालयका प्रयोगशाला सहायक चन्द्र शेखर कुमार यादवले जानकारी दिनुभयो । प्रोटोजोआको लिस्मेनिया परजीवी ‘स्यान्ड फ्लाई’ नामको पोथी भुसुनाको टोकाईबाट मानिसमा कालाजार संक्रमण हुने गर्छ ।
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
