
नेपाल हेल्थ न्युज, काठमाडौँ । आज विश्व स्वास्थ्य दिवस । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) स्थापना भएको दिन अप्रिल ७ लाई विश्व स्वास्थ्य दिवसको रुपमा मनाइने गरिन्छ ।
डब्लुएचओले विश्व स्वास्थ्य दिवस २०२४ को नारा ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने दिएको छ । यस दिवसको अवसरमा डब्लुएचओ र विश्वभरका अन्य स्थानीय स्वास्थ्य संस्थाहरूले सेमिनार, नाटक र अन्य धेरै माध्यमहरू स्वास्थ्यसम्बन्धि जनचेतना फैलाउने काम गर्दै आएको छ ।
साथै विश्वभर फैलिएका नयाँ रोग, तिनका उपचार र कारण के हुन भन्ने बारे डब्लुएचओले जानकारी गराउँदै आएको छ । चिकित्सा क्षेत्रमा भएका नयाँ आविष्कार, नयाँ औषधि र नयाँ खोपका बारेमा जनचेतना फैलाउन पनि विश्व स्वास्थ्य दिवस मनाइन्छ ।
संसारभर लाखौँ व्यक्तिको स्वास्थ्यको अधिकार खतरामा पर्दै गएको डब्ल्यूएचओको भनाइ छ । अत्याधिक कार्बन उत्सर्जनका कारण, जलवायु परिवर्तन भइरहेको छ । वायु प्रदूषणका कारण स्वच्छ हावा लिने व्यक्तिको अधिकार नै खोसिएको डब्ल्यूएचओले भनेको छ।
डब्ल्यूएचओका अनुसार भित्री तथा बाहिरी वायु प्रदूषणका कारण प्रत्येक ५ सेकेण्डमा एक व्यक्तिले ज्यान गुमाइरहेका छन । विश्वका करिब १४० देशले स्वास्थ्यलाई अधिकारका रुपमा संविधानमा उल्लेख गरेको डब्ल्यूएचओ जनाएको छ । तर त्यसका लागि आवश्यक कानुन निर्माण गर्न र कार्यान्वयनका लागि उदासीन देखिएको आरोप छ ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
