नेपाल हेल्थ न्युज, काठमाडौं । क्लिनिकल प्याथालोजिष्ट संघ नेपाल (एसिपिएन) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । डा. अभिमन्यु झा ( चिकित्सा शास्त्र अध्ययन संस्थान) को नेतृत्वमा ११ जनाको नयाँ कार्यसमिति निर्वाचित भएको हो । यस अघि डा. रुना झा (राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला) अध्यक्ष हुनुहुन्थ्यो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. राकेश पाठक (नेपाल मेडिकल कलेज), महासचिवमा डा. रोजन घिमिरे (ओम हस्पिटल), डा. एलिना कर्ण (चिकित्सा शास्त्र अध्ययन संस्थान), कोषाध्यक्षमा डा. नीति काफ्ले (बी एण्ड बी अस्पताल)हुनुहुन्छ ।
यसैगरी सदस्यहरुमा डा. मोनी सुबेदी (कान्ति बाल अस्पताल), डा. विनोद ढकाल (धुलिखेल अस्पताल), डा. दिक्षा कार्की (भक्तपुर क्यान्सर हस्पिटल), गौरव शाह (कटारी अस्पताल), डा. मधु सिग्देल (राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान), डा. प्रवेश दाहाल (नर्भिक इन्टरनेशनल हस्पिटल) निर्वाचित हुनुभएको छ ।

काठमाडौंको लाजिम्पाटस्थित होटल र्याडिसनमा शनिबार भएको ११ औं राष्ट्रिय सम्मेलनमा उहाँहरु निर्वाचित हुनुभएको हो । हाल एसिपिएनमा ३५० जना भन्दा बढी प्याथालोजिष्टहरु सदस्य हुनुहुन्छ । नवनिर्वाचित उपाध्यक्ष डा. राकेश पाठकले सरकारी तहमा रिक्त पदपूर्ति गर्न प्याथोलोजीमा भ्याकेन्सी खुलाउन माग गर्नुभयो ।




चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

