
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध बिरामीहरुले आजदेखि निजी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने भएको छ ।
स्वास्थ्य बीमा बोर्डको गत २४ फागुनमा बसेको बोर्ड बैठकले सेवा प्रदायक सरकारी बाहेकका अस्पतालमा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने निर्णय गरेको थियो ।
बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले त्यसको कार्यान्वयन १ बैशाख २०८१ देखि लागु हुने पूर्व निर्णय अनुसार कार्यान्वयनमा आएको जानकारी दिनुभयो ।
उहाँले सरकारी अस्पतालको क्षमतामा विकास गर्न र बिरामीको सरकारी अस्पतालप्रति आकर्षण गराउन सरकारी अस्पतालमा उपचार गर्दा १० र निजी तथा सामुदायिक अस्पतालमा २० प्रतिशत सहभुक्तानी राखिएको बताउनुभयो ।
गत माघदेखि अनावश्यक स्वास्थ्य परीक्षणलाई कम गर्नका लागि बोर्डले सहभुक्तानी प्रणाली लागू गरेको हो ।
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

