नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा आयातित न्युट्रास्युटिकल्स र विभिन्न औषधिको बजारीकरणबाट राम्रो नाफा कमाउन सफल औषधि व्यवसायी सुशान्त मुरारकाले डिभाइन हेल्थ केयर नामक नेपाली औषधि कम्पनिमा मेजर शेयर हालेर प्रबन्ध निर्देशकको जिम्मेवारी लिनुभएको छ ।
सन् २०१७ मा स्थापना भएको डिभाइन हेल्थकेयर चितवनको विजयनगरमा रहेको छ । हाल यो कम्पनिको पूँजी करिब ५५ करोड पुगेको छ । अब मुरारकारले आयातित न्युट्रास्युटिकल्स र औषधिबाट हुने नाफाको तुलनामा नेपालमा औषधि उत्पादन गरी बजारीकरण गर्दा हुने लाभ र घाटाबारे राम्रोसँग अनुभव गर्ने स्वदेशी औषधि उद्योगीहरुबीच चर्चा भइरहेको छ ।

हाल डिभाइन हेल्थ केयरले ट्याब्लेट, क्याप्सुल र मल्हमको रुपमा विभिन्न रोग निको पार्ने औषधि उत्पादन गरिरहेको छ ।
औषधि व्यवसायमा उत्पादन र बिक्रीको विषय मात्र जोडिएको हुँदैन । यसमा औषधि सेवन गर्ने प्रत्येक बिरामीको सुरक्षाको सवाल हुन्छ । प्रत्येक औषधिको प्रभावकारिता र गुणस्तर सुनिश्चित गर्नुपर्छ । यसमा उच्च स्तरको जिम्मेवारी र नैतिकताको ठूलो भूमिका हुन्छ ।
मुरारकाले विगत १४ वर्षदेखि शारदा मेडिकेयर प्रा.लि., ट्रु डर्मा एस.ए. प्रा.लि., ट्रु क्योर प्रा.लि., ट्रु फार्मेसिया प्रा.लि., आन्या रत्न प्रा.लि.गरी पाँच वटा संस्थामार्फत स्वास्थ्यसम्बन्धि विभिन्न उत्पादनहरुको बजारीकरण गर्दै आउनुभएको छ । यस अवधिमा उहाँले फूड सप्लिमेन्टस्, छाला र सौन्दर्य एवं इन्जेक्टेबल औषधिको बजारीकरण गरेर राम्रो नाफा आर्जन गर्न सफल हुनुभयो । उहाँले भारतको मद्रास फर्माको फूड सप्लिमेन्ट्सको साझा कम्पनि सफ्ट जेल हेल्थ केयरसँग रिसर्च एण्ड डेभलप्मेन्ट गरेर सिधै नेपालमा बजारीकरण गर्दै आउनुभएको छ ।
जनकपुरको धनुषामा जन्मिएका सुशान्त छिमेकी मुलुक भारतमा स्नातकसम्मको अध्ययन पुरा गरेर सन् २००६ तिर राजधानी काठमाडौं छिर्नुभएको थियो । त्यो बेला उहाँको अष्ट्रेलिया जाने सोच थियो । तर केही पारिवारिक कारणले जान सक्नुभएन । त्यसपछि काठमाडौं विश्वविद्यालयबाट एमबीए गर्नुभयो । मुरारका भन्नुहुन्छ—‘सन् २००९ सालमा बिजय अग्रवाल दाइसँग फर्मा मार्केटिङसम्बन्धि काम सिक्दै औषधि व्यवसायको क्षेत्रतर्फ पाइला अघि बढाएँ । उहाँलाई २ वर्षजति काम सिक्न लाग्यो । सन् २०११ तिर उहाँको करियरको पहिलो सुरुवात् निर्यातसम्बन्धि श्रीलंकाबाट भयो । त्यसपछि बंगलादेश र सन् २०१२ बाट नेपालमा औषधिको आयातसम्बन्धि काम शुरु गर्नुभयो । शुरुमा उहाँले फूड सप्लिमेन्टसम्बन्धि काम गर्नुभएको हो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

