
नेपाल हेल्थ न्युज, बाँके । बाँसगढी नगरपालिकाले सञ्चालन गर्दै आएको सिकलसेल (एनिमिया जाँच गर्ने) मेशिन लामो समयदेखि सञ्चालन हुन सकेको छैन। बिग्रिएको करिब पाँच वर्ष पुगिसक्दा पनि सो मेशिन बनाउने तर्फ न त पालिका लेनै ध्यान दिएको छ न त अन्य कुनै निकायले । २०७५ सालमा बाँसगढी नगरपालिकाले १८ लाख रुपैयाँ खर्चेर खरिद गरेको मेसिन चार पाँच महिना नपुग्दै बिग्रिएको थियो।
“मेसिन सञ्चालन भइरहेकै बेला कोभिड सुरु भयो, बाँसगढी नगर स्वास्थ्य शाखा अधिकृत कुशल दाहालले भन्नुभयो “, त्यसपछि सो मेसिन त्यत्तिकै थन्किएर रह्यो। “थन्किएको अवस्थामा मेशिन बिग्रिएछ , कोभिड केही मत्थर भएपछि सो मेसिन सञ्चालन गर्ने प्रयास गरिएपनि बिग्रिसकेकाले सञ्चालनमा ल्याउन नसकिएको उहाँले जानकारी दिनुभयो।
“हामीले सामान्य मर्मत गरेर सञ्चालन गर्न सकिन्छ कि भनेर प्रयास गर्यौँ तर सकिएन” अधिकृत दाहालले भन्नुभयो । यहाँ नबनेपछि सो मेसिन बनाउनका लागि प्रदेशमा लगिएको छ , हाल सो मेशिन प्रदेश स्वास्थ्य कार्यालयको स्टोरमा त्यतिकै थन्किएर राखिएको छ।
सिकलसेल एनिमियाको अध्ययन अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका डा. राजन पाण्डेको पहलमा बाँस गढीमा सो मेसिन सञ्चालनमा ल्याइएको थियो। पाण्डेले नै सो मेसिनको उद्घाटन पनि गर्नुभएको थियो । सो पश्चात् मोतीपुर स्वास्थ्य चौकीमा राखेर सिकलसेलको स्क्रिनिङ हुँदै आएको थियो । “करिब चार-पाँच महिना सो मेशिन राम्रो सङ्ग चल्यो” , अधिकृत दाहालले भन्नुभयो ।
सिकलसेल एनिमियाका केही बिरामी र बाहक पनि भेटिएका थिए । “मेसिन सञ्चालनका लागि एक जना ल्याब टेक्निसियनलाई स्पेसल तालिम दिएर समेत खटाइएको दाहालले बताउनु भयो” , तर कोभिडपछि बन्द भएको सो मेसिन एकाएक बिग्रिएपछि सोको मर्मत र सञ्चालनप्रति कसैले चासो दिएको छैन। बर्दियामै पहिलोपटक सञ्चालनमा आएको भनिएको सो मेसिन बन्द हुँदा सो क्षेत्रमा रहेका सिकलसेल बिरामीहरूको पहिचान हुन सकेको छैन।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
