नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल न्युट्रास्युटिकल्स कस्मेस्युटिकल्स एसोसिएसन (एनएनसिए) मा विप्लव रञ्जितको अध्यतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा आज आयोजित नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा विधिवत संघ घोषणा कार्यक्रममा सो कार्यसमिति चयन भएको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुशान्त मुरारका, उपाध्यक्षमा डा. चन्दन न्यौपाने, महासचिवमा सुरज पौडेल, कोषाध्यक्षमा संजिव काफ्ले र सचिवमा विनोद विष्ट चयन हुनुभएको छ । यसैगरी संघको सदस्यहरुमा दिपक राज पाण्डेय, परशुराम भटराई, श्याम सुन्दर श्रेष्ठ, अनिल थापा, शोभा थापा, सुदिप राज सुवेदी र किशोर घिमिरे हुनुन्छ ।
सो अवसरमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अधिकृत शिव भण्डारी, नेपाल औषधि थोक व्यवसायी संघका अध्यक्ष शिवराज बास्कोटा, नेपाल फार्मेसी संघका निवर्तमान अध्यक्ष अमृत खनाल, प्रजातान्त्रिक फार्मेसी संघका अध्यक्ष सुदिप सुवेदीलगायतले नयाँ कार्यसमितिलाई धन्यवाद दिँदै गुणस्तरीय फूड सप्लिमेन्टको बिक्रीवितरणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।




स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

