
नेपाल हेल्थ न्युज, बर्दीबास । स्वास्थ्य कार्यालय महोत्तरीले जिल्लाका बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने सम्पूर्ण तयारी पुरा गरेको जनाएको छ । कुपोषणले आक्रान्त महोत्तरीमा यो कार्यक्रमलाई प्रभावकारी बनाउन सवैसँग सहयोग र सहकार्यका लागि आग्रह गरिएको छ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत महोत्तरीका ६ देखि ५९ महिना उमेर समुहका ७१ हजार ८७२ जना बालबालिकालाई भिटामिन ‘ए’ ख्वाउन लागिएको स्वास्थ्य कार्यालय महोत्तरीकी फोकल पर्सन प्रतिभा सिंहले जनाउनुभयो ।
कार्यक्रमबारे जानकारी दिन कार्यालयले मंलवार आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले जिल्लाका १५ वटै स्थानीय तहहरुको सहकार्यमा भिटामिन ‘ए’ का साथै १२ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी ख्वाउन जिल्लाभर यसको तयारी गरिएको बताउनुभयो ।
भिटामिन ‘ए’ र जुकाको औषधी ख्वाउन आएकामध्ये यसअघि खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा पठाई खोप लगाउने ब्यवस्था पनि मिलाइएको छ । यसका लागि स्थानीय तहहरुले सवै वडा र पाएक पर्ने स्थानमा स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिने जनाएका छन् ।
बर्दीबास नगरपालिकाको १४ वटा वडाका ७ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी ख्वाउन ७२ जना महिला स्वास्थ्य स्वयं सेविका परिचालन गरेको नगर स्वास्थ्य शाखाका प्रमुख सुरेश पासवानले जनाउनुभयो । गोरखापत्रअनलाइन
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
