
नेपाल हेल्थ न्युज, नेपालगन्ज। भारत सरकारले नेपालगन्ज नाकास्थित एकीकृत जाँच चौकी (आइसिपी) नेपाललाई हस्तान्तरण गरेको छ । उद्घाटन भएको झन्डै एक वर्षपछि भारतले नेपाललाई आइसिपी हस्तान्तरण गरेको हो ।
नेपाल र भारत सरकारबिच सम्झौता भएको डेढ दशकपछि नेपालगन्ज नाकामा आइसिपी निर्माण गरिएको थियो । भारत सरकारका तर्फबाट परामर्शदाता कम्पनी ‘राइट्स’ ले नेपाल सरकार सहरी विकास मन्त्रालय तथा नेपाल इन्टर मोडल यातायात विकास समितिलाई आइसिपी हस्तान्तरण गरेको हो । भारतले आफ्नो क्षेत्रतिर पनि आइसिपी बनाएको छ भने नेपालतर्फ बनेको आइसिपी हस्तान्तरण गरेको हो ।
त्यस क्रममा भारतका तर्फबाट दूतावाससहित सम्बन्धित सरोकारवाला अधिकारी तथा नेपालका तर्फबाट मन्त्रालय, विभाग तथा समितिका कार्यकारी निर्देशक आशिष् गजुरेल लगायत उच्च अधिकारीको उपस्थिति थियो । २०८० जेठमा भारत भ्रमण गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भर्चुअल’ माध्यमबाट उक्त आइसिपीको उद्घाटन गर्नुभएको थियो ।
भारतको सहयोगमा नेपालगन्ज नाकामा आइसिपी निर्माण गर्न २०६७ सालमा नेपाल सरकारले जयपुरमा जग्गा अधिग्रहण गरेको थियो । नेपाल सरकारले अधिग्रहण गरेर राखेको ८७ बिघा जग्गामा आइसिपी निर्माण गरिएको छ । आइसिपी स्थलमा भन्सार कार्यालय, पशु र प्लान्ट क्वारेनटाइन, गोदाम, खाद्य प्रविधि तथा गुण नियन्त्रण, सुरक्षा ब्यारेक, बैङ्क काउन्टर लगायत कार्यालय रहने गरी संरचना निर्माण गरिएको छ ।
आइसिपी सञ्चालनमा आएपछि मालवाहक सवारी साधनको जाँच पास सोही ठाउँबाट गरिने बताइएको छ । अब भन्सार कार्यालयले यही वैशाख २५ गतेदेखि आफ्नो काम आइसिपी स्थलबाट सुरु गर्ने जनाएको छ ।
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
