नेपाल हेल्थ न्युज, काठमाडौं । विगत ३० वर्षदेखि स्वास्थ्य क्षेत्रमा समर्पित उद्यमी एवं व्यवसायी मृगेन्द्र मेहेर श्रेष्ठ नेपाल चेम्बर अफ कमर्सको सामाजिक तथा स्वास्थ्य समितिको सभापतिमा चयन हुनुभएको छ ।

७३ औं वार्षिक साधारण सभाबाट कार्यसमिति सदस्यमा निर्वाचित हुनुभएका श्रेष्ठ सर्वसम्मतिबाट सभापतिमा चयन हुनुभएको हो । श्रेष्ठ विगत एक दशकदेखि नेपाल चेम्बर अफ कमर्समा सक्रिय सदस्यको भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
सभापति श्रेष्ठ नेपाल औषधि व्यवसायी संघ केन्द्रीय कार्यसमितिको निवर्तमान अध्यक्ष, नेपाल सिआरएस हेल्थ केयर प्रा.लि.को अध्यक्ष, नेपाकेयर फर्मास्युटिकल्स प्रा.लि.को अध्यक्ष हुनुहुन्छ । उहाँ मिलनसार व्यक्तिको रुपमा परिचित हुनुहुन्छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

