नेपाल हेल्थ न्युज, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्न विशेष ध्यान पुर्याउनुपर्ने बताउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दिक्षान्त समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।

स्वास्थ्य क्षेत्रमा देखापरेका चुनौतिहरुतर्फ सचेत रहनसमेत प्रधानमन्त्रीले जोड दिनुभयो । उहाँले अस्पतालको सेवालाई गुणस्तर र प्रभावकारी बनाउन जोड दिइने उल्लेख गर्दै भन्नुभयो-ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारका लागि दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित चिकित्सक उत्पादन गर्नुपर्छ ।
सरकारले सार्वजनिक अस्पतालहरूको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो स्वास्थ्य सेवामा सबैको पहुँच पुग्नुपर्छ । त्यसैले सामाजिक, सांस्कृतिक, वातावरणीय कारकतत्त्व पहिचान सहितको विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठानले अझै पहलकदमी लिनुपर्छ ।
प्रधानमन्त्री प्रचण्डले देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक भएको उल्लेख गर्नुभयो ।
उहाँले सामुदायिक एवं सहकारी अस्पतालहरूको क्षमता विकासमा ध्यान दिुपर्छ भन्दै मुलुकलाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्न सरकारले आवश्यक तयारी गरिरहेको जानकारी गराउनुभयो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

