नेपाल हेल्थ न्युज काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालका चिकित्सकलाई निजी अस्पतालमा गएर उपचार गर्न गरिने विज्ञापनमा रोक लगाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीले सरकारी अस्पतालका चिकित्सकले विज्ञापन गरेर निजी अस्पतालमा बिरामी आकर्षित गर्ने गरेको भन्दै त्यस्तो कार्यलाई रोक्न खोजेको जानकारी दिनुभयो । सरकारी सेवाका स्वास्थ्यकर्मीले कार्यालय समयमा निजी स्वास्थ्य संस्थामा काम गर्ने गरेको र आफूलाई सरकारी भनेर निजीमा विज्ञापन गर्ने गरेको पाइएपछि मन्त्रालयले रोक लगाएको हो ।
कार्यालय समयमा निजी क्षेत्रमा काम गरेको फेला परेमा कानुन अनुसार कारबाही गर्ने प्रक्रियासमेत अगाडि बढाउने उहाँले बताउनुभयो । कानुन अनुसार कुनै पनि चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले यस्ता प्रकारका गतिविधि गराएको पाइएमा नेपाल स्वास्थ्य सेवा ऐन अनुसार दुई वर्षसम्म बढुवामा रोक लगाउन सकिने व्यवस्था रहेको छ ।
बुर्लाकोटीले सरकारी अस्पतालमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमा निजी क्षेत्रका अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकल हलहरूमा बिरामी परीक्षण गर्ने र सञ्चार माध्यमबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने गरेकाले कडाइ गरिएको बताउनुभयो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

