
नेपाल हेल्थ न्युज, जनकपुरधाम । हात्ती पाइलो रोगको संक्रमण मधेश प्रदेशसहित भारतसँग सिमाना जोडिएको तराई मधेशका ७ जिल्लामा संक्रमितहरु फेला परेपछि यस रोग विरुद्धको औषधि खुवाउने अभियान वैशाख १६ गतेबाट शुरु हुने भएको छ ।
स्वास्थ्य कार्यालय धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रम हात्ती पाईले रोग विरुद्धको औषधि खुवाउनका लागि सबै प्रकारको तयारी अन्तिम चरणमा पुगेको पनि जनाएको छ ।
१६ गतेबाट शुरु भएर वैशाखको ३० गतेसम्म चल्ने सो कार्यालयले जानकारी दिँदै औषधिहरू सबै पालिकाहरूमा पठाउने काम भइरहेको सिनियर अहेव अधिकृत शिवजी दासले जानकारी दिनुभयो । नेपाल सरकारले हात्ती पाईले रोगको संक्रमण देखा परेका जिल्लाहरूमा विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा औषधि खुवाउन लागेको हो ।
विश्वबाट हात्ती पाईले रोगको निवारण गर्ने अभियान अन्तर्गत निवारण हुन नसकेका देशहरूमा हात्ती पाईले रोग विरुद्धको औषधिमा विश्व स्वास्थ्य सङ्गठन जस्ता निकायहरूले काम गरिरहेको छ । तीन प्रकारको औषधि खुवाइने भएको छ ।
समयमा हात्ती पाईले रोग विरुद्धको औषधि नखाएको खण्डमा यसको संक्रमण भएको खण्डमा हात खुट्टा, अण्डकोष तथा महिलाहरूको स्तन सुनिने र कुरूप हुने भएकाले सबैलाई औषधि खानका लागि स्वास्थ्य कार्यालयले सवैमा आग्रह गरेको छ ।
धनुषामा मात्र १ हजार ३ सय ५० जना रोगी रहनुका साथै जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा मात्र २ सय २ जनामा संक्रमण देखा परेको स्वास्थ्य कार्यालयले जनाएको छ । भारतसँग सीमाना जोडिएको नगराईन नगरपालिकामा १ सय ९५ जना तथा मुखीयाट्टी गाउँपालिकामा १ सय ५ जनामा संक्रमण फेला परेको छ । धनुषाका १८ पालिकामा नै हात्ती पाईले रोगबाट संक्रमित फेला परेको पनि कार्यालयले जानकारी दिएको छ ।
पूर्ण रुपमा औषधि सुरक्षित रहेको बताउँदै स्वास्थ्य कार्यालय धनुषाका जनस्वास्थ्य अधिकृत रामबाबु ठाकुरले जानकारी दिनु भएको छ । एक जनाले नौ चक्की औषधि खानु पर्नेछ । औषधि आएपछि हात्ती पाईले रोग लागेकाहरूबाट सर्ने सम्भावना ९६ प्रतिशतले न्यून हुने भएको छ ।
हात्ती पाईले रोग विरुद्धको औषधि २ वर्ष मुनिको बालबालिका, दीर्घ रोगी, गर्भवती महिला तथा ७ दिनको सुत्केरी महिलाले खान नहुने पनि स्वास्थ्य कार्यालय धनुषाका जनस्वास्थ्य प्रशासक उमेश कुमार यादवले जानकारी दिनु भयो । औषधि खुवाउनका लागि सबै स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यका कर्मचारीहरूलाई परिचालन गरिइएको छ ।
धनुषा जिल्लामा कूल जनसङ्ख्या ८ लाख ७४ हजार रहेको र त्यस मध्ये ७ लाख ५० हजारलाई औषधि खुवाएको खण्डमा लक्ष्य पुरा हुने पनि कार्यालयले जानकारी दिएको छ । खास गरेर औषधि खानमा छुट्नेमा पुरुषको सङ्ख्या नै बढी रहेकाले आफूहरू यस पटक सचेत रहेको जानकारी दिँदै यो कार्यक्रम सबैको कार्यक्रम रहेकाले सफल बनाउनका लागि कार्यालयले आग्रह गरेको छ ।
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
