नेपाल हेल्थ न्युज, काठमाडौं । साभा हेल्थ केयर लिमिटेड (एचएचएल) ले दमका बिरामीहरुलाई लक्षित गरी नयाँ ड्राई पाउडर इनहेलर (डीपीआई) नेपालमा भित्र्याएको छ ।

नजल स्प्रे र ड्राइ पाउडर इनहेलर सेगमेन्टमा भारतको अग्रणी फर्मास्युटिकल कम्पनीको रुपमा परिचित साभा हेल्थ केयरका उत्पादन साभाकोर्ट (फर्मोटेरोल फुमारेट एन्ड बुडेसोनाइड पाउडर फर इन्ह्यालेसन आईपी (२००/४०० एमसिजी) नेपालमा भित्र्याइएको हो ।
साभा हेल्थ केयर लिमिटेडले श्वासप्रश्वाससम्बन्धि रोगहरुको उपचारका लागि आफ्नो नवीनतम ड्राइ पाउडर इनहेलर (डीपीआई) उत्पादन विदेशी बजारमा प्रवेश गरेको कम्पनिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिरुद्ध राजुरकरले जानकारी दिनुभयो ।
ह्युमन काइन्ड हेल्थकेयर प्रा.लि. को समन्वयमा ड्राई पाउडर इनहेलर (डीपीआई) नेपालमा बजारीकरण भइरहेको छ । दमका बिमारीको उपचारमा अत्यावश्यक औषधि साभाकोर्ट डीपीआई निकै प्रभावकारी रहेको र विश्वका ४० भन्दा बढी देशले यो कम्पनिका उत्पादन रुचाएको साभा हेल्थकेयर लिमिटेड नेपालका कन्ट्री प्रमुख केदार दवाडीले बताउनुभयो ।
ड्राई पाउडर इनहेलर श्वासप्रश्वाससम्बन्धी समस्याको उपचारमा महत्वपूर्ण विकल्प मानिन्छ ।
कम्पनिले हालै राजधानीमा लञ्चिङ कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा देशका १ सय भन्दा बढी पल्मोनोलोजिष्ट, छातिरोग विशेषज्ञहरुको सहभागिता रहेको थियो ।

अमेरिकी स्वास्थ्य एवं मानव सेवा विभागका अनुसार, विश्वमा अहिले ५४ करोड ५ लाख मानिस श्वासप्रश्वाससम्बन्धि समस्याबाट पीडित छन् ।
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
