जनस्वास्थ्य सरोकार, काठमाडौ । फर्टिलिटी सोसाइटी अफ नेपाल (फेसोन) को नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजालको अध्यक्षतामा फेसोनको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । शनिवार राजधानीमा सम्पन्न फेसोनको पहिलो बार्षिक साधारण सभाले बरिष्ठ उपाध्यक्षमा ४ जना चयन गरेको छ जसमा डा. उमा श्रीवास्तव, डा.ज्ञानेन्द्रमानसिंह कार्की, डा. सानुमैया श्रेष्ठ र डा. सविना श्रेष्ठ हुनुहुन्छ। यसैगरी महासचिवमा डा. स्वस्ति शर्मा, सह महासचिवमा डा रश्मि श्रीश, कोषाध्यक्षमा डा. मीरा थापा सर्वसम्मत चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा डा. उषा खाँण, डा.प्रेरणा दाहाल, डा. चेतना श्रेष्ठ, डा. गिरिधर शर्मा चयन हुनुभएको छ । दुई वर्षको कार्यकाल रहेको सोसाइटीमा अहिले ४५ जना सदस्य रहेका छन् ।
नव निर्वाचित अध्यक्ष डा. रिजालको अगुवाइमा नेपालमा पहिलोपटक आईभिएफ प्रविधिबाट ओम आईभिएफ सेन्टरमा ओममणि तमाङको जन्म भएको थियो ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
