जनस्वास्थ्य सरोकार, काठमाडौ । फर्टिलिटी सोसाइटी अफ नेपाल (फेसोन) को नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजालको अध्यक्षतामा फेसोनको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । शनिवार राजधानीमा सम्पन्न फेसोनको पहिलो बार्षिक साधारण सभाले बरिष्ठ उपाध्यक्षमा ४ जना चयन गरेको छ जसमा डा. उमा श्रीवास्तव, डा.ज्ञानेन्द्रमानसिंह कार्की, डा. सानुमैया श्रेष्ठ र डा. सविना श्रेष्ठ हुनुहुन्छ। यसैगरी महासचिवमा डा. स्वस्ति शर्मा, सह महासचिवमा डा रश्मि श्रीश, कोषाध्यक्षमा डा. मीरा थापा सर्वसम्मत चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा डा. उषा खाँण, डा.प्रेरणा दाहाल, डा. चेतना श्रेष्ठ, डा. गिरिधर शर्मा चयन हुनुभएको छ । दुई वर्षको कार्यकाल रहेको सोसाइटीमा अहिले ४५ जना सदस्य रहेका छन् ।
नव निर्वाचित अध्यक्ष डा. रिजालको अगुवाइमा नेपालमा पहिलोपटक आईभिएफ प्रविधिबाट ओम आईभिएफ सेन्टरमा ओममणि तमाङको जन्म भएको थियो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

