
नेपाल हेल्थ न्युज, काठमाडौँ । सरकारले आज वैशाख १६ गते सात जिल्लाका ५० लाख ७८ हजारलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले यस वर्ष झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइलेविरुद्धको औषधी खुवाइने जानकारी दिनुभयो ।
उहाँले हालसम्म ५३ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी सेवन कार्यक्रम सफल भइसकेको जानकारी दिँदै कपिलवस्तु र झापामा भने सफल हुन नसकेको बताउनुभयो।
यस वर्ष उक्त कार्यक्रमका लागि नेपाल सरकारले १२ करोड रुपैयाँ विनियोजन गरेको छ । सो रकममध्ये ११ करोड रुपैयाँ स्थानीय तहमा निकासा भइसकेको छ ।
डा.मरासिनीले औषधी सेवन अभियानको क्षेत्र विस्तार गर्ने लक्ष्यसाथ कार्यक्रम सञ्चालन भएको बताउनुभयो। उक्त कार्यक्रममा १९ जिल्लाले निवारणको प्रमाणपत्रसमेत पाइसकेका छन् । हात्तीपाइले रोगमा विभिन्न तीन थरीका औषधी खुवाइने गरिन्छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

