
नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौं महानगरपलिकाका प्रमुख बालेन्द्र शाहले नेपालका जुनसुकै पालिकाका गरिव तथा असहायको काठमाडौं महानगरले उपचार गर्ने बताउनुभएको छ ।
मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्नुहुँदै नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीले आफ्नो पालिकाबाट विपन्न,असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउन अनुरोध गर्नुभएको हो ।
महानगर भित्रका ४३ अस्पतालमा तीन सय २३ शैया निशुल्क उपचारको लागि उपलब्ध रहेको जानकारी गराउँदै उहाँले बिरामीको आवश्यकताअनुसार निस्शुल्क उपचार हुने बताउनुभएको छ ।
यस्तो छ मेयर शाहको स्ट्याटस
नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ ।
तपाईको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला ।
सम्पर्क: ११८०
वा, काठमाडौँ महानगर स्वास्थ्य विभाग
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

