
सन् २०२१ कुरा हो । जुडी (नाम परिवर्तन) लाई अज्ञात इमेलबाट पोर्न वेबसाइटको लिङ्क आयो । उनले लिङ्कमा क्लिक गर्दा एउटा भिडियो खुल्यो । त्यहाँ उनको अश्लील तस्बिर र एउटा भिडियो थियो ।
जसमा उनी धेरै पुरुषसँग यौनसम्पर्क गरिरहेको देखिएकी थिइन । जोडीको अनुहार अर्को महिलाको शरीरसँग जोडिदिएको थियो । यस प्रकारको भिडियोलाई डीपफेक भनिन्छ । यद्यपि यी नक्कली हुन तर तिनीहरू वास्तविक जस्तै देखिन्छन् ।
कसैले पोर्न वेबसाइटमा जुडीको तस्बिर पोष्ट गरेर उनलाई देखेपछि निकै उत्तेजित महशुस गर्ने लेखेका थिए ।
डीपफेक फोटो र भिडियोहरू
यसरी तस्बिर पोस्ट गर्ने व्यक्तिले अन्य व्यक्तिहरुलाई जुडीको थप डीपफेक भिडियोहरू बनाउन अपील गरेका थिए । डीपफेक फोटो र भिडियोको बदला प्रयोगकर्ताले थप व्यक्तिगत फोटो र जानकारी सेयर गर्ने प्रलोभन दिएका थिए ।
जुडी अहिले २५–३० वर्षकी भइन् । आफ्नो अनुभवको बारेमा पहिलो पटक बोल्दै भनिन,–‘म चिच्याउदै रोइरहेकी थिएँ । फोनमा स्क्रोल गर्दै आफूले देखेको र पढिरहेका गतिविधि बुझ्ने प्रयास गर्दै थिएँ। यसले मेरो जीवनलाई बर्बाद पार्न सक्थ्यो ।’
जुडीले पोर्न वेबसाइट स्क्रोल गरिरहँदा आफ्नो सम्पूर्ण जीवन अन्त्य भएको महसुस गरिन् । उनलाई यसरी निशाना बनाइएको पहिलो पटक भने होइन । वास्तवमा, यो धेरै वर्षदेखि चलिरहेको अनलाइन उत्पीडनको परिणाम थियो । उनको सहमति बिना फोटोहरु डेटिङ एपमा प्रयोग भइरहेका थिए ।

डिपफेकको मद्धतबाट अपमान
सन् २०१९ मा उनले अपरिचित व्यक्तिबाट फेसबुकमा सन्देश प्राप्त गरे । यी सन्देशमा उनलाई लन्डनको लिभरपुल स्टेशनमा डेटको लागि भेट्न भनिएको थियो। जुडीले आफू ति महिला नभएको बताइन । तर, सो व्यक्तिसँग जोडीका सम्पुर्ण व्यक्तिगत जानकारी थियो । उनले डेटिङ एपमा प्रतिक्रिया दिन बन्द गरे । तर ति व्यक्ति उनको फेसबुक प्रोफाइल सम्म आइपुगिसकेका थिए ।
सोशल मिडिया
सन् २०२० मे महिनामा बेलायत लकडाउन थियो । जोडीलाई उनका साथीहरूले धेरै ट्विटर एकाउन्टहरु धमाधम फोटो पोस्ट भइरहेको सुनाए । यी तस्बिरमा लेखिएका क्याप्सनले उनी यौनकर्मी भएको अर्थ दिन्थ्यो ।
बिकिनी जुडीको तस्बिरमा क्याप्शन लेखिएको थियो– ‘यी किशोरीसँग तपाई के गर्न चाहानुहुन्छ?’ यो तस्विर जुडीको व्यक्तिगत सामाजिक सञ्जालबाट लिइएको हो ।
यी तस्बिर पोस्ट गरिएका ट्विटर ह्यान्डलहरूमा ‘स्लट एक्सपोजर’ र ‘चीफ पर्व’ जस्ता नाम थिए। उनले यी सबै तस्विर आफ्ना साथीभाइ र परिवारसँग सामाजिक सञ्जालमा सेयर गरेका थिए । उनीहरु बाहेक अरु कसैले देख्न सम्भव थिएन ।
संघर्ष
त्यसपछि जोडीलाई थाहा भयो कि यी अकाउन्टमा आफूलाई चिनेका अन्य महिला साथिरुको तस्बिरहरू पनि थियो । उनीहरुलाई विश्वविद्यालयबाट चिनेकी थिइन । उनको गृहनगर क्याम्ब्रिजसँग सम्बन्धित तस्बिरहरू पनि उक्त अकाउन्टमा पोस्ट गरिएको थियो ।
जुडीलाई यी तस्विरहरू पोस्ट गर्ने जो–कोहीले आफूलाई हानी गर्न चाहेको महशुस गरिन । जुडीले तस्बिरमा देखिएका अन्य महिलाहरुसँग सम्पर्क गर्न थालिन । उनले आफ्ना एक नजिकका साथीसँग पनि कुरा गरिन । यस रिपोर्टमा उनको साथीको नाम डेजी राखेका छौँ ।
डेजी भन्छिन, ‘यो देखेपछि म धेरै दुखी भएँ।’ दुबैले अनुसन्धान गर्दै जाँदा फोटो पोष्ट गर्ने धेरै ट्विटर खाताहरू भएको थाहा पाए । ‘हामीले जति अनुसन्धान गर्दै गयौँ त्यति अवस्था त्यति खराब हुँदै गयो।’–उनी थप्छिन । उनले ट्वीटर प्रयोगकर्तालाई म्यासेज गरेर आफ्नो तस्बिर कहाँबाट पाएको भनीसोध्दा एक अज्ञात व्यक्तिले ति तस्बिरहरु पठाइएको र सेयर गर्न अनुरोध गरेको बताए ।
‘पूर्व प्रेमी वा बदला लिने नियतले फोटो सेयर गरेको हुनसक्ने एक प्रयोगकर्ताले जवाफ दिए। जुडीका तस्बिर पूर्व प्रेमीले सेयर गरेको ठानेर ब्लक गरिन ।केही महिना तस्बिर सार्वजनिक हुन रोकियो ।
अज्ञात इमेल अकाउन्ट

एकदिन जुडीलाई अज्ञात इमेलबाट मेल आयो ।
इमेलमा लेखिएको थियो,–‘अज्ञात भएकोमा माफि चाहान्छु’ तर मैले यो केटाको भद्धा सबरेडडिटमा तपाईंको तस्बिर पोस्ट भएको देखेँ । जुन भयानक छ ।’ जुडीले लिङ्कमा क्लिक गरिन । एक अनलाइन फारम खुल्यो । त्यहाँ एक प्रयोगकर्ताले जोडी र उनका दुई साथीको तस्बिर पोस्ट गरेका थिए । तीन जनाको तस्बिरको माथि एक देखि तीन अंकको चिन्ह लगाइएको थियो ।
अनलाइन आउने मानिसहरुलाई खेलमा भाग लिन आमन्त्रित गरिएको थियो । ‘यी महिलामध्ये कोसँग यौनसम्बन्ध राख्न, कोसँग विवाह गर्न र कसलाई मार्न चाहानुहुन्छ।’ भनेर प्रश्न गरिएको थियो ।
यो पोस्टमा ५५ जनाले टिप्पणी दिएका थिए । वेबसाइटमा प्रयोग गरिएका फोटोहरू भर्खरैका थिए । डेजीले आफ्नो पूर्व प्रेमीलाई ब्लक गरेपछि उक्त फोटो पोस्ट गरिएको थियो । डेजी र जुडीले गलत व्यक्तिलाई आरोप लगाएको महशुस गरे ।
छ हप्ता पछि, त्यही इमेलबाट फेरि सन्देश प्राप्त भयो। यस पटक यो सन्देश डिपफेक तस्वीर र भिडियोहरूको बारेमा थियो।
विश्वासघात
डेजी र जुडीले सामाजिक सञ्जालमा उनीहरू दुवैलाई फलो गर्ने र उनीहरूका सबै तस्बिरहरू सामाजिक सञ्जालमा हेर्न सक्ने सबै पुरुषहरूको सूची बनाका थिए । तर, सूची बनाउँदा, आफूले पूर्ण भरोसा गर्ने पुरुषहरूलाई समावेश गरेनन् । यसमा परिवारका सदस्यहरू र जुडीको सबैभन्दा मिल्ने साथी एलेक्स वुल्फ समावेश थिए ।

जुडीले सहमति बिना फोटो डेटिङ एपमा प्रयोग भइरहेको बेला आफूलाई सान्त्वना दिन वुल्फसँग कुरा गरेकी थिइन । वुल्फले आफ्नो कुरा सुनिदिएको र समर्थन गरेको उनलाई भान भएको थियो ।
वुल्फले क्याम्ब्रिज विश्वविद्यालयबाट संगीतमा डबल फस्र्ट र २०१२ मा बीबीसी योग कम्पोजर अवार्ड जितेका थिए । यसबाहेक उनले २०२१ मा मास्टरमाइन्ड कार्यक्रममा पनि भाग लिएका थिए ।
जुडी भन्छिन, ‘वुल्फ महिलाहरूले सामना गर्ने समस्याप्रति सचेत थिए । विशेष गरी इन्टरनेट । उनी महिला अधिकारको समर्थक जस्तो लाग्थ्यो ।
यद्यपि, जब उनीहरूले आफ्नो डिपफेक फोटोहरू हेरे, प्रोफाइलमा उनको एक तस्बिर थियो जहाँ क्याम्ब्रिजको किंग्स कलेजको तस्बिर थियो ।
त्यो फोटोमा वुल्फ पनि भएको जुडीलाई याद आयो । यति मात्र होइन, वुल्फ एक मात्र व्यक्ति थिए जोसँग जुडीले त्यो तस्विर सेयर गरेको थियो ।
अन्ततः त्यो व्यक्ति वुल्फ थियो जसले व्यक्तिलाई नक्कली फोटोको सट्टामा वास्तविक फोटोहरू सेयर गर्ने सम्झौता गरेका थिए । अगस्ट २०२१ मा, २६ वर्षीय वुल्फलाई जुडी सहित १५ महिलाको तस्बिर सामाजिक सञ्जालबाट खिचेर पोर्न वेबसाइटमा पोस्ट गरेकोमा दोषी ठहर गर्यो ।
उनलाई बीस हप्ताको जेल सजाय सुनाइयो । यो सजाय दुई वर्षको लागि स्थगित गरिएको थियो । यसका साथै प्रत्येक पीडित महिलालाई १०० पाउण्ड क्षतिपूर्ति दिन पनि भनिएको छ ।
वुल्फले आफ्नो व्यवहारप्रति लज्जित महशुस गरेको बीबीसीलाई बताएका थिए । उनले आफ्नो कार्यको लागि माफी मागेका थिए।
यद्यपि, वुल्फले आफूमाथि लागेको आरोपअघि जोडीको दुव्र्यवहारसँग आफ्नो कुनै सरोकार नभएको बताएका छन् । सबैभन्दा मिल्ने साथीले यस्तो हर्कत गरेको थाहा पाउनु जुडीको लागि अत्यन्तै दुःखदायी एवं लज्जास्पद थियो ।
रेडिटका एक प्रवक्ताले बिना सहमति अंतरंग मीडिया कन्टेन्ट (एनसीआईएम) का लागि रेडिटमा कुनै ठाउँ नभएको बताएका छन् । पुर्ण प्रतिबन्ध लगाइएको छ । जुन पोर्न वेबसाइटमा यी तस्विरहरु पोस्ट गरिएको थियो, त्यो पनि हटाइएको छ ।
अनलाइन सुरक्षा विधेयक २०२३ अनुसार डीपफेक तस्बिर सेयर गर्नु फौजदारी अपराध हुनेछ ।

अहिले अनलाइनमा हजारौं डीपफेक भिडियोहरू छन्। अनुसन्धानका अनुसार यी मध्ये ९८ प्रतिशत भिडियो पोर्नोग्राफिक हुन्छन् ।
नयाँ कानूनले एलेक्स वुल्फले जस्तै अरूलाई डीपफेकहरू सिर्जना गर्न आग्रह गर्ने मानिसहरूलाई अपराधीकरण नगरेकोमा जोडी क्रोधित छन । यति मात्र होइन, डिपफेक बनाउन पनि गैरकानूनी घोषित गरिएको छैन।
‘हजारौं महिलाहरू यसबाट प्रभावित भएका छन र मानिसहरूलाई यसो गर्नबाट रोक्न हामीलाई सही कानुन चाहिन्छ । बीबीसी
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
