नेपाल हेल्थ न्युज, बीरगञ्ज । मिस नेपाल वल्ड श्रीक्षा प्रधान र मिस नेपाल इन्टरनेशनल प्रसिद्धी शाहले आफूहरु महिला स्वास्थ्यको प्रवर्धनमा काम गर्ने बताएका छन् । नेपाल मेडिसिटी बयोधा अस्पाल बीरगञ्जमा आज आयोजित एक कार्यक्रममा मिस नेपाल वल्ड प्रधानले आफू वातावरण विज्ञानको विद्यार्थी भएकाले वातावरण संरक्षण र स्वास्थ्य एक अर्काका परिपुरक भएको बताउनुभयो ।

उहाँले आफूले महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बताउनुभयो । कार्यक्रममा मिस नेपाल इन्टरनेशनल प्रशिद्धी शाहले महिलाहरुमा हुने मुत्ररोगका समस्या सामान्य रुपमा देखिए पनि विविध कारणले असामान्य रुपमा फैलिरहेकाले आफूले यसका लागि सम्भव भएका सबै क्षेत्रमा पहल गर्ने बताउनुभयो । मिस नेपालहरुले विभिन्न माध्यमहबाट प्रवर्धनात्मक स्वास्थ्यलाई आम जनसमुदाय समक्ष पुर्याइरहेको नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले बताउनुभयो । मिस नेपाल प्रतियोगिताका विभिन्न स्वास्थ्यजन्य कार्यक्रमहरुमा आफूहरुको उपस्थिति रहने गरेको र विशेष गरी मिस नेपालहरुले आफ्नो कार्ययोजनामा स्वास्थ्य सम्बद्ध विषयहरुलाई परियोजनाको रुपमा अगाडि बढाउदा नेपाल मेडिसिटी अस्पतालले प्राविधिक लगायतका सहयोग गर्ने अस्पताल प्रमुख रिमालले बताउनुभयो ।

कार्यक्रममा हिडन ट्रेजरका अध्यक्ष अजय रत्न स्थापितले नेपाल मेडिसिटी अस्पतालले बीरगञ्जमा पनि विश्वस्तरीय सेवाहरु प्रदान गरिरहेको पाउँदा खुशी लागेको बताउनुभयो । कार्यक्रममा नेपाल मेडिसिटी बयोधा अस्पतालका मुत्ररोग विशेषज्ञ डा. अनिल पुकार शाहले महिलाहरुमा हुने मुत्र रोगका समस्या र त्यसको निराकरणका लागि गर्नुपर्ने उपायहरुका बारेमा जानकारी गराउनुभएको थियो ।

बीरगञ्जस्थित नेपाल मेडिसिटी अस्पतालले १ सय ५० शैयाको क्षमतामा हाल न्यूरो सर्जरी, न्यूरो फिजिसियन, हाडजोर्नी अन्तर्गत मेरुदण्ड, जोर्नी प्रत्यारोपण, दूर्घटनाजन्य चोटपटक, स्पोर्टस इन्जुरी, मुत्र रोग, विविध तथा दूरवीनका माध्यमबाट गरिने शल्यक्रिया, स्त्री तथा प्रसुति, बालरोग लगायतका सेवाहरु उपलब्ध गराउंदै सब ैउपचारलाई बीरगञ्जमै सम्भव बनाउने जनाएको छ ।
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
